• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  मुख्य समाचार

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ कार्तिक १३, बिहिबार (९ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६७२ पटक पढिएको
  • हेटौंडा । कुनै समय हजारौंलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ ।

    राजनीतिक हस्तक्षेप, नीति अस्थिरता र औद्योगिक योजनाको कमीका कारण करिब तीन दशकअघि नै बन्द भएको पूर्वकर्मचारी एवम स्थानीबासीको भनाइ छ । यो प्रतिष्ठान अहिले पुरानो भग्नावशेषका रूपमा मात्र बाँकी छ ।

    पूर्वकर्मचारी रामबहादुर खड्काका अनुसार, यो उद्योगले करिब १० हजारभन्दा बढी नेपालीलाई नियमित रोजगारी दिएको थियो तर, दलगत स्वार्थ, व्यवस्थापकीय कमजोरी र दीर्घकालीन औद्योगिक दृष्टिकोणको अभावले गर्दा उद्योग क्रमशः खस्किदै गएको छ ।

    ‘राजा महेन्द्र वीरविक्रम शाहले आफ्नी बहिनी शान्तिदेवी शाहको नाममा स्थापना गर्नुभएको यो उद्योग गणतन्त्र आएपछि पूर्ण रूपमा बन्द भयो, खड्काले भने, ‘स्थिर नीतिको अभाव र राजनीतिक भागबन्डाले हजारौँ परिवारको जीवननिर्वाह गर्ने यो उद्योग आज बिर्सनलायक ढिस्को बनेको छ ।’
    ऐतिहासिक पृष्ठभूमि

    शान्ति वनस्पति घ्यू उद्योग १३ जुलाई १९७६ (२०३३ असार) मा स्थापना भई १६ जुलाई १९८२ (२०३९ असार) देखि उत्पादनमा आएको थियो । करिब ८९ रोपनी (४.५ हेक्टर) क्षेत्रफलमा फैलिएको यस उद्योगले ‘शान्ति ब्रान्ड’ नाममा वनस्पति घ्यू उत्पादन गथ्र्यो, जुन एक समय देशभर चर्चित थियो । काठमाडौंदेखि धरान, पोखरा र जनकपुरसम्म यसको माग उल्लेखनीय थियो ।

    तर, समयक्रममा भारतसँगको प्रतिस्पर्धा, कर असमानता र कच्चा मालको अभावजस्ता कारणले उद्योग कमजोर हुँदै गयो । १९९० को दशक तिर नै उद्योग संकटमा फसेको र २००७÷०८ आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको बताइएको छ ।

    बन्द हुनुका कारण

    उद्योग बन्द हुनामागका प्रमुख कारणहरूमा भारतबाट अत्यधिक सस्तो वनस्पति घ्यूको आयात, कर संरचनामा असमानता, व्यवस्थापनको कमजोरी र कच्चा मालको आपूर्तिमा समस्या प्रमुख रुपमा रहेको औंल्याइन्छ ।

    नेपालमा कर दर निरन्तर बढ्दै गए पनि भारतमा वनस्पाती उद्योगलाई सब्सिडी र कर छुट दिइँदै आएको थियो । त्यसले गर्दा नेपाली उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगका पुराना रिपोर्टहरुमा उल्लेख छ ।

    त्यससँगै उद्योगभित्रै हुने राजनीतिक हस्तक्षेप र कर्मचारी नियुक्तिमा दलगत भागबन्डा पनि यसको पतनको मुख्य कारण बनेको पूर्व कर्मचारीहरू बताउँछन् ।

    ‘व्यवसायिक दक्षता भन्दा पनि पार्टी निष्ठा हेरेर नियुक्ति गर्न थालियो,’खड्काले सम्झिए, ‘त्यो क्षणदेखि नै उद्योगको पतन सुरु भयो ।’

    निष्क्रिय जग्गा र पुनःप्रयोगको प्रयास

    हेटौंडा औद्योगिक क्षेत्र कार्यालयका अनुसार, उद्योग बन्द भएपछि लामो समयसम्म ८९ रोपनी जग्गा निष्क्रिय रह्यो । पछिल्ला वर्षहरूमा सरकारले त्यस्ता निष्क्रिय उद्योगका जग्गा फिर्ता लिएर पुनःउत्पादनशील बनाउन पहल थालेको छ ।
    तर, ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ लगायतका केही संस्थाले त्यही क्षेत्रमा लिजमा जग्गा लिएर पनि लामो समय उपयोग नगरेका कारण विवाद बढ्दै गएको स्थानीय उद्योगीहरूको भनाइ छ ।

    औद्योगिक क्षेत्रका एक अधिकृतका अनुसार, ‘हेटौंडा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू दशकौँदेखि निष्क्रिय छन् । सरकारले ती जग्गा पुनःसक्रिय बनाउन प्रयास थालेको छ, तर कानुनी र प्रशासनिक प्रक्रिया जटिल छन्।’
    नीति अस्थिरताको असर

    अर्थविद्हरूको ठहरमा, शान्ति वनस्पति घ्यू उद्योगको पतन नेपालमा दीर्घकालीन औद्योगिक नीतिको अभाव र राजनीतिक हस्तक्षेपको परिणाम हो ।

    ‘यदि त्यतिबेला नीति स्थिर र कर सन्तुलन कायम भएको भए, यो उद्योग अझै सञ्चालनमा रहन्थ्यो,’ उद्योग चेम्बरका एक पूर्व अधिकारीले बताए ।
    युगको अन्त्य

    आजपनि उद्योगको भवन, चिम्नी र गोदामहरू हेटौंडा औद्योगिक क्षेत्रमा जस्ताको तस्तै देख्न सकिन्छ। तर, ती अब उत्पादनको प्रतीक होइन, एउटा गुमेको औद्योगिक युगको साक्षी बनेका छन् ।

    स्थानीयहरू भन्छन्, ‘शान्ति उद्योगले हेटौंडाको औद्योगिक पहिचान बनाएको थियो। अहिले त्यही पहिचान धुलोमा हराएको छ ।’

    राजनीतिकरण, नीति अस्थिरता र योजनाको कमी— यी सबै कारणले ‘शान्ति वनस्पति घ्यू उद्योग’ मात्र होइन, नेपालकै औद्योगिक इतिहासको एउटा स्वर्ण अध्याय बन्द भएको प्रतिक बनेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने षड्यन्त्र हो : मौलाना नरुल हुसेन

    नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

    हिंसा र तोडफोडमा संलग्नलाई कांग्रेसले संरक्षण गर्दैन: गगन थापा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑