सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ ।
सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।
प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको छ । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गरिएको जनाएको छ ।
कफ्र्यु आदेश तोड्दै प्रदेशसभा सचिवालय अगाडि अगाडि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारी झन् आक्रामक बनेका छन् ।
निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।
विराटनगरका विभिन्न क्षेत्रमा अझै पनि तनाव कायमै छ । यस क्रममा शहरको पुष्पलालको शालिकसमेत तोडफोड गरिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा