सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ चैत १७ गते बसेको बैठकको निर्णयअनुसार आगामी २०७९ साउन १ गते बिहीबार प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिने निर्णय गरिएको हो।
आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “मिति २०८२ साउन १ गते बिहीबार साउने सङ्क्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।”
साउने सङ्क्रान्ति हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो भने देउडा पश्चिम नेपाल, विशेषगरी कर्णाली र सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक परिचय हो। कर्णाली प्रदेशमा यी पर्वहरू विशेष धूमधामका साथ मनाइने भएकाले सार्वजनिक बिदा दिइएको हो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा