• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

      विश्व बजारमा तेल सस्तो, तर नेपालमा पेट्रोलियम पदार्थ किन महँगियो ?

      बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

      सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

      साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

      धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

      शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

      सुनचाँदीको मूल्य बढ्यो

      लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

    होमपेज /  पत्रपत्रिका

    सेयर प्रक्रिया रोकिँदा दर्जन बढी आयोजना प्रभावित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख २५, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४७६ पटक पढिएको
  • काठमाडौं । प्राथमिक सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका डेढ दर्जन जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि अन्योलग्रस्त अवस्थामा रहेको छ ।

    नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदादेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्तिमा भएको ढिलाइले गर्दा थप अन्योलग्रस्त भएको हो ।

    सेयर निष्कासनसम्बन्धी कार्य अनिर्णीत हुँदा आयोजना निर्माण प्रक्रिया प्रभावित भएको छ । १० वर्षमा १० हजार मेगावाटको नारा दिएको सरकारले सेयर निष्कासनमा चासो नदिँदा र धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि गम्भीर नहुँदा नेपालले भारतमा बिजुली निर्यात गरी व्यापार घाटा न्यून गर्ने अवस्था पर धकेलिन थालेको छ । यसले गर्दा हिउँदमा भारतबाट बिजुली किन्नुपर्ने बाध्यताका साथ केही वर्षमा लोडसेडिङ गर्नुपर्ने अवस्था आइपर्ने आशंका गर्न थालिएको छ ।

    गत आर्थिक वर्षमा ४२ कम्पनीको आईपीओ जारी भएकामा २९ वटा जलविद्युत् कम्पनी रहेका थिए । तर, चालू आवमा भने गत ५ भदौमा जारी गरिएको भिजन लुम्बिनी ऊर्जा विकास कम्पनीको बाहेक अरू कम्पनीको आईपीओ जारी हुन सकेन ।

    अहिले एउटा सोलारसहित १८ वटा विद्युत् उत्पादन कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका छन् । अनुमति नै नपाउने आईपीओका लागि किन आवेदन दिनु भन्दै चार–पाँचवटा कम्पनीले आवेदन नै दिएका छैनन् । ती सबै कम्पनीको गरी करिब १४÷१५ अर्ब रुपैयाँबराबरको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए ।

    त्यस्तै, हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका ९ जलविद्युत् कम्पनीले पनि अनुमति पाएका छैनन् । ९ कम्पनीले हकप्रद निष्कासन गर्न लागेको रकम झन्डै ७ अर्ब रुपैयाँ रहेको कार्कीले जानकारी दिए ।

    यसअघि बोर्डले गत पुसमा अन्तिमपटक जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । त्यसयता ९ कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा दिएका निवेदन अलपत्र परेका छन् । गत आवमा आठवटा कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाउँदा सातवटा जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी रहेका थिए । हकप्रद सेयरमा पनि अनुमति नै नपाउने भए किन खर्च गर्नु भन्दै धेरै कम्पनी बोर्डमा नगएको कार्कीले जानकारी दिए ।

    जलविद्युत् कम्पनीहरूले आईपीओ तथा हकप्रद सेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजनासहित काम अघि बढाएका हुन्छन् । तर, सेबोनले सेयर निष्कासनको अनुमति नदिएपछि थप २०÷२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता प्रवद्र्धकलाई थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए ।

    जलविद्युत् कम्पनीहरूको आईपीओ तथा हकप्रद सेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरे पनि सम्बन्धित निकायबाट तदारुकता नदेखाउँदा धेरै विद्युत् आयोजनाको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।

    जलविद्युत् आयोजनाले ५० प्रतिशत निर्माण पूरा भएपछि आईपीओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पूरा भएपछि अनुमति पाउने व्यवस्था छ । आईपीओबाट आउने रकमलाई पनि कम्पनीहरूले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् । तर, सेयर निष्कासनको प्रक्रिया नै रोकिएपछि आईपीओ निष्कासनको चरणमा पुगेका अन्य आयोजनासमेत प्रभावित भएको प्रवद्र्धकहरू बताउँछन् ।

    अहिले निजी क्षेत्रबाट ३ हजार ५ सय मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

    जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक,…

    परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

    सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑