• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  पत्रपत्रिका

    इलाम–२ उपनिर्वाचनः त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २६, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४७१ पटक पढिएको
  • काठमाडौं । इलाम–२ मा रिक्त प्रतिनिधिसभाको १ सिटका लागि आउँदो १५ वैशाखमा हुन गइरहेको निर्वाचनमा स्वतन्त्रसहित २० जना उम्मेदवारको मनोनयन परेको छ । एक महिनादेखि गर्माएको इलामको निर्वाचनमा यसपटक पहिचानवादी र स्वतन्त्र उम्मेदवारले ठूला राजनीतिक दललाई चुनौती दिने देखिन्छ ।

    इलाममा विगतका निर्वाचनभन्दा यसपटक फरक चित्र देखिएको छ । कोशी प्रदेशको नामलाई लिएर पहिचानवादी पक्षधरले विरोध गरिरहेको अवस्थामा यसपटकको निर्वाचन रोचक बन्ने देखिन्छ । सो क्षेत्रमा सबैले आ–आफ्नो पक्षको जीत सुनिश्चित भनिरहेका छन् । तर, यस निर्वाचनको अवस्थालाई आँकलन गर्दा सुरुमा गत वर्षको मतपरिणामलाई पनि हेर्नुपर्ने हुन्छ ।

    एमाले सांसद स्वर्गीय सुवासचन्द्र नेम्वाङले अघिल्लो निर्वाचनमा १ सय १४ को साँघुरो मतले निर्वाचन जितेका थिए । त्यतिबेला नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । त्यस समयमा गठबन्धन भएकाले गठबन्धनबीचको निर्वाचनका कारण दुई पक्षीय प्रतिस्पर्धा भए पनि यसपटक भने पहिचानवादी पक्षधरका कारण चार पक्षीय निर्वाचन हुने सम्भावना छ । नेम्वाङले त्यतिबेला ३० हजार २० मत ल्याएर विजयी हुँदा कांगे्रसका खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

    सुवास नेम्वाङको निधनपछि यसपटक एमालेले उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । एमालेले उपनिर्वाचनमा सहानुभूति मत बटुल्न पनि सुहाङलाई उठाएको हो । नेपाली राजनीतिमा यसअघि पनि श्रीमान्को मृत्युपछि श्रीमती, बाबुको निधनपछि छोरालाई उम्मेदवार बनाउने परम्परा एमालेमा पहिलो भने होइन ।

    यसअघि पनि वंश परम्पराको राजनीतिलाई प्राथमिकता दिइँदै आएको छ । यसअघिको वंश परम्परामा राजनीतिक उत्तराधिकारी पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएपछि उपनिर्वाचनमा टिकट पाएकी विद्यादेवी भण्डारी त्यसको पहिलो उदाहरण हुन् । त्यसपछि यस परम्परालाई एमालेले निरन्तरता दिँदै आएको छ । त्यसपछि कांग्रेस र माओवादीले पनि यसको सिको गरेका छन् ।

    यसपटक परिवारबाटै राजनीतिक उत्तराधिकारीका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई अघि सार्नुको पछाडि सहानुभूति मतसँगै अत्यधिक बहुमतले जित्ने लक्ष्य एमालेले राखेको छ । तर, इलामका मतदाताले एमालेलाई दिने आधा मत पहिचान पक्षधरलाई जाने सम्भावना पनि उत्तिकै छ । एमाले पहिचानको विरोधी भन्दै पहिचानवादी पक्षधरले इलाममा जनमत बनाइरहेका छन् ।

    अघिल्लो निर्वाचनको परिणाम हेर्दा बलियो देखिएको एमालेको मत पहिचानवादी पक्षधरमा बाँडिएमा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई निर्वाचन जित्न मुस्किल पर्नसक्ने सम्भावना उत्तिकै छ । एमालेका उम्मेदवारलाई यसपटक माओवादीले सघाउने भनेर विज्ञप्ति नै जारी गरिसकेको छ । तर, माओवादीकै नेता तथा कार्यकर्ता भने आफ्नै पार्टीको निर्णयमा कति अडिग हुन्छन् भन्नेमा शंका छ । केन्द्रमा सत्ता गठबन्धनपछि माओवादी नैतिक संकटका बाबजुद एमालेको उम्मेदवारलाई सघाउने निचोडमा पुगेको हो ।

    त्यसो हुँदा सहज रूपमा जित निकाल्न सकिने एमालेले आँकलन गरे पनि सत्ता गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईलाई उम्मेदवार बनाइएको छ । राई एमाले पृष्ठभूमिका हुन् । यसअघि कोशी प्रदेशको नामकरणको सवालमा एकीकृत समाजवादीले लिम्बुवान प्रदेश बनाउनुपर्छ भनेर पहिचान पक्षधर देखिएको कारण पहिचानवादी र एमालेको भोटसमेत उसले लिनसक्ने देखिन्छ । यसो हुँदा सुहाङलाई जित निकाल्न झनै गाह्रो पर्नेछ । त्यस्तै, पहिचानवादी पक्षधरबाट निर्वाचनमा होमिएका डकेन्द्रसिंह लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

    उनलाई प्रदेश १ को पुनः नामकरण संघर्ष समितिमा आबद्ध ४१ बढी घटकसहितका दलको समर्थन रहेको छ । डकेन्द्रलाई डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, जसपासहितका दलको पनि समर्थन छ । साथै, किराँती धर्म गुरुको पनि डकेन्द्रलाई समर्थन भएको हुँदा डकेन्द्र ठूला दल कांग्रेस र एमालेका लागि चुनौती बनेका छन् । एमाले पृष्ठभूमिका भएकाले उनले पनि एमालेको भोट काट्नसक्ने आँकलन गर्न सकिन्छ । किनकि डकेन्द्रले पहिचानको कुरा उठाएर निर्वाचनमा होमिएका छन् ।

    यता, कांग्रेसका बलिया प्रतिस्पर्धीका रूपमा रहेका डम्बरबहादुर खड्का यसपटक निर्वाचन जित्ने दाउमा छन् । पहिचान पक्षधरका कारण सबैभन्दा बढी एमालेकै मत काटिने भएकाले यसपटक कांग्रेस उम्मेदवारको पल्लाभारी हुने सम्भावना रहेको कांग्रेसको आँकलन छ । अघिल्लो पटक माओवादीसहितको मत पाएका खड्कालाई यसपटक त्यो सुविधा छैन । तर, पहिचानवादी पक्षधर निर्वाचनमा होमिएका कारण कांग्रेसले यसपटक सहज जित निकाल्ने आँकलन गरे पनि पार्टीभित्र अन्तरघात हुने अवस्था आयो भने समस्या हुने देखिन्छ ।

    भर्खरै गठबन्धनबाट बाहिरिएको कांग्रेसले यस उपनिर्वाचनमा एकजुट हुनसकेन भने आउँदो २०८४ सालको निर्वाचनमा झनै संकट बेहोर्ने निश्चित छ । त्यसैले, यसपटक कांग्रेसका गुट, उपगुट र समूहले केन्द्रबाट टिकट वितरण भएलगतै हामी सबै एकजुट छौं भनेर सन्देश दिएका छन् । तर, सो सन्देश निर्वाचनसम्म निरन्तर रहने हो कि होइन भन्ने शंका नै छ । यदि निरन्तरता रह्यो भने कांग्रेललाई जित निकाल्न सहज हुने देखिन्छ ।

    स्थानीय तहको निर्वाचनमा कांग्रेसले अघिल्लो पटक यस निर्वाचन क्षेत्रमा पर्ने पालिका र वडामा बलियो उपस्थिति जनाएको थियो । जनजातिको मत बाँडिदा त्यसको फाइदा कांग्रेसले लिनसक्ने सम्भावना पनि उत्तिकै छ । यसैले फेरि पनि कांग्रेसले सुहाङलाई बलियो चुनौती दिने देखिएको छ । फेरि पनि दुई पुराना र ठूला दल एकातिर आमनेसामने हुने स्थितिमा छन् ।

    अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परम्परागत दलबाट आफूहरू फरक भएको भन्दै निर्वाचनमा होमिएको छ । रास्वपाले सो क्षेत्रमा मिलन लिम्बुलाई अघि सारेको छ । माओवादी पृष्ठभूमिका लिम्बुलाई रास्वपाले अघि सारे पनि जनताले कति मन पराउँछन् त्यो भने आउँदो निर्वाचनको परिणामले देखाउला । अघिल्लो पटक रास्वपाका प्रकाश सापकोटाले इलाम–२ मा १ हजार ३ सय ८० मत ल्याएका थिए ।

    तर, यसपटक रास्वपाले इलामकै रैथाने लिम्बुलाई निर्वाचनमा उतारे पनि पहिचानवादी पक्षधरले धेरै मत काट्ने आँकलन त्यहाँका स्थानीय नेताले गरिरहेका छन् । रास्वपाको स्पष्ट भिजन नभएको र संघीयता नमान्ने पार्टी भएको भन्दै निर्वाचनमा आमजनतामा प्रचारप्रसार भइरहँदा त्यसको प्रभाव पर्ने देखिन्छ । २०८४ सालमा स्पष्ट बहुमत ल्याउँछौं भनिरहेको रास्वपाका लागि इलाम–२ को उपनिर्वाचन खरो परीक्षा हुने देखिएको छ ।

    अघिल्लो पटक कसले कति मत प्राप्त गरेका थिए ?
    अघिल्लो निर्वाचनमा इलाममा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५ सय ६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३ सय ३३ मत ल्याएको थियो । माओवादीले ५ हजार १ सय ५३ मत मात्रै पायो भने रास्वपाले ४ हजार ६ सय ८६ मत प्राप्त गरेको थियो ।

    मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय १३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ सय १९, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६, नेकपा एकीकृत समाजवादीले ५ सय ८६, नेकपा माक्र्सवादीले १ सय २९, जनमत पार्टीले १ सय २४, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १ सय ५, लोसपाले ९९, नेमकिपाले ७१ र नेपाली जनता दलले ६० मत प्राप्त गरेका थिए । तर, यसपटक अघिल्लो वर्षको मतपरिणामलाई मात्रै आँकलन गरेर निर्वाचनको परिणाम यही नै हुन्छ भन्नसक्ने अवस्था देखिँदैन । पहिचानवादी पक्षधरका कारण इलाममा यसपटक निर्वाचन रोचक बन्नसक्ने र ठूला भनिएका दलको मत कटौती हुनसक्ने सम्भावना भने प्रचुर मात्रमा देखिन्छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑