• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

      विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति, ‘अदृश्य शक्तिकेन्द्रको प्रभाव’ भएको आरोप

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

      आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

    होमपेज /  पत्रपत्रिका

    युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र ५, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २४४ पटक पढिएको
  • काठमाडौं । रुसमा भाडाका सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ ।

    शुक्रबार युक्रेनी सैनिकले आफ्नो कब्जामा रहेका पाँच जना नेपालीसहित आठ जनालाई सार्वजनिक गरेसँगै परराष्ट्र मन्त्रालयले पनि छुटाउनका लागि पहल सुरु गरिसकेको छ । यद्यपि, युक्रेनले युद्धबन्दी बनाइएकालाई रुससँग भएको सम्झौता रद्द गरेर आफ्नो मुलुकमा जाने सर्तमा मात्र छाड्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले शुक्रबार सार्वजनिक गरेकामा पाँच नेपाली, तीन क्युवाली तथा एक–एक जना सोमालिया र सियरालियोनका नागरिक रहेका छन् ।

    युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।

    युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका सञ्चारकर्मी आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडियोनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको थियो । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेका बताइएको थियो ।

    सैनिक पोसाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महिनाअघि रुसको राजधानी मस्को आएको बताएका थिए । एक एजेन्टले सेनामा भर्ती गर्न लागेको उनले बताएका थिए । रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौता’bout आफूलाई थाहा नभएको उनले भिडियोमा बताएका थिए । ‘केही महिनाको तालिमपछि म लडाइँमा गएको थिएँ, म अहिले युक्रेनमा छु,’ भिडियोमा पुनले भनेका छन्, ‘नेपालीलाई रुसमा नआउन अनुरोध गर्छु, रुसी राहदानी, पैसा पाउने आशामा यहाँ नआउन आग्रह गर्छु ।’

    युक्रेनको कब्जामा रहेका नेपालीको अवस्था के छ भन्ने अज्ञात भइरहेका बेला शुक्रबार पाँच नेपालीसहित आठ नेपालीलाई सार्वजनिक गरेसँगै परिवारका आफन्तले सहानुभूति महसुस गरेका छन् । यसअघि विभिन्न समयमा युक्रेनले कब्जा भएका नेपालीहरूको भिडियो सार्वजनिक गर्दै आइरहेको थियो । तर, यसपटक भने आफ्नो नियन्त्रणमा रहेका सबैलाई एकैठाउँमा राखेर सार्वजनिक गरेको छ ।

    नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भइरहेको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच कुराकानी भइरहेका छन् । युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको विभिन्न समयमा भिडियो पनि सार्वजनिक गरेको थियो ।

    शुक्रबार सार्वजनिक भएका नेपालीहरूले आफूहरू रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर स्वदेश फर्कने वाचा गरेका छन् । युद्धबन्दी बनाइएका सबैलाई सो प्रतिबद्धता गर्न लगाइएको छ । युक्रेनले बन्दीहरूलाई कहिले छाड्छन् भन्ने ’boutमा पनि जानकारी दिएको छैन ।

    नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकलाई रिहाइ गर्नका लागि कूटनीतिक कदम चालेको थियो । तर, रिहा भएपछि रुस फर्किएमा भने रुसले सैन्य सम्झौता तोड्न सकस हुने भएकाले नेपालले सिधै स्वदेश फर्काउनेगरी पहल गरिरहेको छ ।

    युक्रेनले युद्धबन्दीलाई सार्वजनिक गर्दै रुससँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित मुलुकलाई पनि अपिल गरेको छ । तेस्रो मुलुकका नागरिक यस युद्धमा सामेल नहून् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ । रुसी सेनामा भर्ना नहुन युक्रेनले विदेशी नागरिकलाई सार्वजनिक अपिल गरिरहेको छ ।

    रुसले आफ्ना तर्फबाट युद्धमा सामेल गर्नका लागि विदेशी नागरिकलाई विभिन्न योजना ल्याएर प्रलोभनमा पार्दै आइरहेको छ । सोही प्रलोभनमा परेसँगै रुसमा २१ मुलुकका नागरिक भाडाको सैनिकका रूपमा युक्रेनसँग युद्ध लडिरहेका छन् । युक्रेनले युद्धमा कब्जामा लिँदा विभिन्न मुलुकका नागरिक सामेल भएका पाएपछि कूटनीतिक रूपमा युद्धमा सामेल भएका मुलुकलाई आफ्ना नागरिक युद्धमा नपठाउन आग्रह गर्ने भएको छ ।

    रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएर गएका १९ जना नेपालीको मृत्यु भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने ’boutमा नेपालले पटकपटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल…

    विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय…

    रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति,…

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑