• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

      काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ ?

      काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

      धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

      याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

      मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

      ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

      प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

      भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन सक्छ’

      नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

      कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८ जना बेपत्ता

      सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    होमपेज /  पत्रपत्रिका

    नयाँ दिशाबाट अगाडि बढ्ने कांग्रेस नेताका प्रतिबद्धता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन २३, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५०० पटक पढिएको
  • काठमाडौँ, २३ फागुन ।  माओवादी केन्द्रसँग गठबन्धन तोडिएसँगै अब नेपाली कांग्रेस सबै बन्धनबाट मुक्त भएको छ । सत्ता गठबन्धनकै पार्टीभित्रै आरोह र अवरोह झेलिरहेको नेपाली कांगे्रसलाई एक भएर अघि बढ्ने बाटो खुलेको छ । अब कांग्रेसले गठबन्धनको मुख हेरेर आफ्नो निर्णय गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    गठबन्धनको बन्धनमा बाँधिएको नेपाली कांग्रेस निष्फ्रिक्री त बनेको छ नै आफ्नो निर्णय स्वतन्त्र रूपमा गर्नसक्ने भएको छ । सत्ता राजनीतिबाट टाढा भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा निर्णय गराउनुपर्ने बाध्यता हटेको कांग्रेसका नेताहरू बताउँछन् । गठबन्धन तोडिँदा अवसर गुमेको रूपमा लिने नभई यसलाई सदुपयोग गरेर लोकतान्त्रिक पार्टीलाई समेटर अघि बढ्नुपर्ने धेरै नेताहरूको मत छ ।

    गठबन्धनकै कारण कांग्रेस महासमिति बैठकबाट पारित प्रस्तावलाई परिमार्जन गरेर केन्द्रीय समिति बैठकबाट पारित गर्ने शेरबहादुर देउवाको मुड परिवर्तन भएको छ । सत्ता साझेदार दल नै नभएको अवस्थामा देउवा महासमिति बैठकबाट सर्वसम्मत रूपमा पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट हुबहु पारित गर्ने तयारीमा जुटेका छन् । मंगलबार मात्रै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा चरम अवसरवादी चरित्र भएको निष्कर्षसमेत निकालेको छ । साथै, कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ ।

    बैठकपछि उपसभापति धनराज गुरुङले भने, ‘मन्त्रीहरूले असहयोग गरेको बहाना मात्र हो, उहाँ (प्रचण्ड) चरम असरवादी हो, सरकार नछोड्नकै लागि उहाँले कांग्रेसको काँधबाट एमालेको काँध चढ्नुभयो, हामीले गल्ती गरेका छैनौं ।’ गुरुङले अब प्रचण्डलाई काँध नथाप्ने भन्दै कांग्रेसले सकेको दिनमा अरूलाई लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरेका छन् । उपसभापति गुरुङको भनाइनुसार कांग्रेस पनि सरकार गठनका लागि गृहकार्यमा अघि बढ्नेछ ।

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बढी विश्वास गर्दा अहिलेको अवस्था सिर्जना भएको बताउँछन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता केसीले अहिलेको अवस्थालाई कांग्रेसले आफ्नै पहिचान र शक्ति लिएर जनताको बीचमा स्थापित हुने मौकाका रूपमा लिनुपर्ने बताए ।

    कांग्रेसले गठबन्धन तोडिएसँगै अब नयाँ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने नेताहरूको भनाइ छ । कांग्रेसका नेता शेखर कोइरालाले यो राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर २१ फागुनको घटना सामान्य होइन, कमजोर, अस्थिर र सत्ताका लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो, यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यका लागि सजग बनौं ।’

    कांग्रेसले महासमितिबाट पारित भएको प्रस्तावलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गरेर अघि बढ्नुपर्ने कतिपय कांग्रेस नेताहरूको भनाइ छ । गोदावरीमा ७ देखि १० फागुनसम्म चलेको महासमिति बैठकले आउँदो निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले मूर्तरूप पाउने भएको छ ।

    महामन्त्रीको सो प्रस्तावले नेपाली कांग्रेसका सदस्य र मतदाताले आउँदो निर्वाचनमा अन्य दललाई भोट दिनुपर्ने बाध्यताको अन्त्य हुने भनाइ छ । विगतमा माओवादीसँग गठबन्धन गरेर जाँदा कांग्रेसलाई घाटा भएको निष्कर्ष महामन्त्री थापाको प्रतिवेदनले निकालेको थियो । माओवादीसँग गठबन्धन गरेकै कारण आफ्नो मतदाताको मत स्वतन्त्र र अन्य दलमा गएको महामन्त्री थापाको बुझाइ छ । सोही निष्कर्षमा महासमितिका अधिकांश प्रतिनिधि पनि देखिएका थिए ।

    त्यस्तै, कांग्रेसले अब सनातन हिन्दू धर्मको विषयलाई पनि लिएर जाने भएकाले विगतमा राप्रपालाई दिइरहेका जनताको मत आफूतिर तान्ने कोसिससमेत गर्नेछ । संविधानमा धर्म निरपेक्ष भनेर लेखिएको भए पनि कांग्रेसका कतिपय नेताहरू धर्म सापेक्षता लेखिनुपर्नेमा जोड गरिरहेका छन् । संविधानमा धर्म सापेक्षता लेख्नका लागि संसद्को दुई तिहाइ मत आवश्यक पर्छ, त्यो नेपाली कांग्रेस र राप्रपाको मतबाट मात्रै सम्भव देखिँदैन । अबको चुनावी एजेन्डामा कांग्रेसले सूक्ष्म रूपमा सनातन हिन्दू धर्मको विषयलाई पनि उठाउन खोजिरहेको छ ।

    कांग्रेस महासमिति बैठकमा पनि सो विषयमा १ हजार ६३ जनाले सनातन हिन्दूराष्ट्र हुनुपर्ने पक्षमा हस्ताक्षर गरे । कांग्रेस महासमिति बैठकमा सो विषय पनि प्रतिवेदनमा समेट्ने कोसिस भए पनि सभापति शेरबहादुर देउवाले अहिलेलाई सो विषयलाई प्रवेश नगरौं, पछि छलफलको विषय हुनसक्ने भनेर पन्छाए ।

    यद्यपि, उनले संकलित हस्ताक्षर बुझेर आफू सो विषयमा सकारात्मक भएको तर अहिले नै यस विषयलाई अघि बढाउँदा समस्या पर्ने बताए । उनले त्यसो भन्नुमा गठबन्धन भत्कनसक्ने भय र चिन्ता थियो । हिन्दू धर्मको विषयमा महासमिति बैठकमा जोडतोडका साथ कुरा उठेपछि माओवादी र एमालेले संशय व्यक्त गरेका थिए ।

    साथै, कांग्रेसले अबको केन्द्रीय बैठकबाट कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै लड्ने प्रतिबद्धता जनाउँदै कांग्रेस एक भएर लड्न लागेको सन्देश दिन लागेको कांग्रेसका एक नेता बताउँछन् । विगतमा गठबन्धन हुँदा कांग्रेसको मत बाँडिदा स्वतन्त्रलगायतका नयाँ दलमा असन्तुष्टिको मत गएको निष्कर्ष कांग्रेसका नेताहरूले निकालेका छन् ।

    डा. महतको टिप्पणी : प्रचण्ड धोकेबाज हुन्
    निर्वतमान अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो कारणले सरकार र गठबन्धन टुटेको दाबी कपोकल्पित भएको स्पष्टीकरण दिएका छन् । अर्थतन्त्र लयमा ल्याउँदैगर्दा लगानी सम्मेलन र विश्व बैंकको सम्मेलनको मुखमा प्रचण्डले धोका दिएर नयाँ गठबन्धन बनाएको महतको भनाइ छ ।

    ‘मैले मन्त्रिपरिषद्को निर्णय रोक्ने भन्ने कुरा छैन, तर सरकारमा बसेर उपयुक्त हो वा होइन, के सही हो वा होइन भन्ने कुरा राखिन्छ,’ नेता महतले भने, ‘आर्थिक दायित्वको विषयलाई नकार्ने कुरा छैन, जेजे विषय आएका थिए, त्यो विषयमा यर्थाथमा के उपयुक्त र कानुनसम्मत छ कि–छैन भन्ने स्पष्ट ढंगबाट रोखको थिएँ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपोकल्पित दाबी गरेर गठबन्धन फेरिएको स्पष्टीकरण दिएको भन्दै नेता महतले ती दाबी कांग्रेस बैठकले खारेज गरेको बताए । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो,…

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ…

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑