• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

    होमपेज /  पत्रपत्रिका

    वर्षौदेखि नसुल्झिएको महावु सीमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ २८, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४७३ पटक पढिएको
  • कालिकोट, २८ माघ । पश्चिम नेपालको प्रसिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल महावुधाम कालिकोटको कि दैलेखको भन्ने विवादले त्यस ठाउँको विकास दिन प्रतिदिन धकेलिँदै गएको छ । यो ठाउँलाई कालिकोट जिल्लाको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिकाले दाबी गर्दै आएको छ । दुवै जिल्लाको सीमा विवादका कारण यो क्षेत्रमा सडक र पूर्वाधार पनि पुग्न सकिरहेको छैन । यो ठाउँ दुवै जिल्लाको सीमा साँधमा रहेको छ ।

    सीमा विवाद झन्झन् चर्किंदै गएपछि कालिकोटको महावै गाउँपालिकाले विज्ञप्ति निकाल्दै प्रमाणसहित दाबी पेस गरेको छ । महावुधाम’bout कुनै पनि सीमा विवाद नरहेको महावै गाउँपालिका–४ का वडाध्यक्ष हरिबहादुर शाहीले जनाएका छन् । विज्ञप्तिमा १९९६ सालको नक्सांकन, २०२२ सालको भूमिसुधार र २०५०–५१ को नापनक्साजस्ता विद्यमान प्रमाणले महावुधाम यसै वडामा समेटिएको दाबी गरिएको छ । नाम उस्तै मिल्दैमा अर्कोको भूमि आफ्नो नहुनेसमेत वडाध्यक्ष शाहीले बताए ।

    यो धाम २०५३ सालमा नापी कार्यालयले नापी गरेर महावै गाउँपालिका–४ को लेख बस्तीमा रहेको देखाएको छ ।

    महावुधामको विकासका लागि तत्कालीन जिल्ला विकास समितिदेखि दुवै जिल्लाका स्थानीय सरकारले करोडौं रुपैयाँ बजेट खर्च गरे पनि सीमा विवाद समाधान हुन सकेको छैन ।

    पश्चिम नेपालकै ठूलो धामका रूपमा रहेको महावुधाम समुद्री सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा छ । पर्यटकीय रूपले निकै सम्भावना बोकेको महावुधाममा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको छ । तथ्यांकअनुसार बर्सेनि २० हजार बढीले महावुधामको दर्शन गर्ने गरेका छन् । महावुमा रहेको शिवलिंगको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।

    महावु मेलामा धेरै जिल्लाका भक्तजनको सहभागिता रहने महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘महावुकै नामबाट कालिकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका नामकरण भएका छन् । परापूर्वकालदेखिको उपभोग र बासस्थानका हिसाबले कालिकोटको महावै गाउँपालिकाका बासिन्दाको चरिचरन क्षेत्र पनि हो । त्यसैले सो धाम कालिकोटकै हो,’ उनले भने ।

    कालिकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिकाबीच सीमा साँधमा रहेको यो धाम वर्षौंदेखि विवादमा छ

    महावुधामको विकासका लागि तत्कालीन जिल्ला विकास समिति कालिकोट र महावै गाउँपालिकाले मन्दिर, धर्मशाला र अन्य भौतिक पूर्वाधार निर्माण गर्न करोड बढी रकम लगानी गरिसकेका छन् । साँध सीमाना र पानी ढल पनि कालिकोटतर्फ फर्केकाले महावुधाम कालिकोटको भएको सिंहको दाबी छ । महावुधाम कालिकोटकै सीमा क्षेत्रमा पर्ने दैलेख जिल्ला अदालतले फैसलासमेत गरिसकेको छ ।

    दुई गाउँपालिकाबीचको सीमा विवादका कारण मेलामा आउने भक्तजनले झगडा गर्ने, मन्दिर, गोठ भत्काउनेजस्ता काम गरिरहेका छन् । प्रमाणका आधारमा महावुधाम–४ मा पर्छ । तर, उता दैलेखले आफ्नो क्षेत्रमा पर्ने भन्दै दाबी छाडेको छैन । त्यसैले सीमा विवाद समयमै समाधान नभए स्थिति थप जटिल बन्ने देखिएको छ ।

    ‘दुई पालिकाबीचको सीमा विवाद समाधानका लागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छौं, विवादले पर्व र मेलामा हिंसाको रूप लिन सक्छ,’ अध्यक्ष सिंहले भने, ‘त्यसैले विवाद समाधान गर्न ढिलो गर्नुहुँदैन ।’

    दैलेखको महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले महावुधाम दैलेखमा रहेको दाबी गरिन् । महावुधाम कालिकोटकै हो भन्ने पुष्टि गर्ने प्रमाण कसैले पेस गर्न सकेका छैनन् । प्रमाण छ भने पनि उतिखेर पानी नक्सा पटकपटकको समयमा दैलेखमा पनि भएको छ । महावु हाम्रो पालिकाको पनि चरिचरन क्षेत्र हो । दुवै जिल्लाका सम्बन्धित निकायले छलफल गरेर समाधान निकाल्नुपर्छ,’ उनले भनिन्, ‘यो विवाद बढाउनेभन्दा पनि समाधान गर्ने गरी स्थानीय सरकारले समन्वय गर्नुपर्छ ।’

    दुवै जिल्लाको अनुगमन टोलीले चासो देखाए पनि सीमा विवाद समाधानका लागि ठोस पहल नहुँदा विवाद बढ्दै गएको स्थानीय करन सिंहले बताए । ‘दुई जिल्लाको सीमा विवाद समाधान नभएकै कारण कर्णाली प्रदेशकै प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल महावुधाममा दर्शन गर्न आउने तीर्थालुले असुरक्षा महसुस गर्ने गरेका छन्,’ उनले भने ।

    कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले महावु सीमाका विषयमा छलफल भए पनि दुवै जिल्लाका समन्वय प्रमुख, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा कानुनी आधारमा सीमा विवाद टुंग्याउनुपर्ने बताए । महावुमा मेला लाग्ने समय नजिकिँदै गरेकाले समयमै विवाद समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

    दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सीमा विवादका विषयमा जानकारी लिएर समाधानको पहल थाल्ने बताए । ‘महावुधाममा दर्शन गर्न आउने भक्तजनलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने वातावरण हामी बनाउँछौं, हजारौं पर्यटकको रोजाइमा पर्ने महावुधामलाई दुई पालिकाबीचको विवादको विषयले प्रभावित पार्नुहुँदैन, नागरिक समाज र सरोकारवाला जिम्मेवार भएर विवाद समाधान गर्नुपर्छ,’ उनले भने ।

    महावुधामलाई कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा लिइएको छ । कर्णाली प्रदेशले यसको विकासका लागि बजेट छुट्ट्याए पनि विवादका कारण योजना कार्यान्वयन हुन नसकेको महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले बताए । ‘विगतका स्थानीय सरकारले पनि विवाद समाधानका लागि ठोस पहल गरेनन्, अब हामीले ढिलो गर्नुहुँदैन,’ उनले भने ।

    महावुधामको महत्व
    यो धाम यहाँको अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित छ । यो स्थान कालिकोटको महावै गाउँपालिका–४ मा पर्छ । प्रत्येक वर्ष जनैपूर्णिमाका दिन यहाँ भव्य मेला लाग्छ । जनैपूर्णिमाका दिन विशेष पूजा गरिने भएकाले महावुधाममा भगवान् शिवको दर्शन गर्न दैलेख, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलालीसँगै भारतबाटसमेत भक्तजन आउने गर्छन् ।

    महावुलेखका डाँडाकाँडामा बादलको घेराले पगरी बेरेजस्तै भएर महावुधाम बसेको छ । सुन्दर पाटन हेर्ने र धार्मिक आस्था मान्नेका लागि महावुधाम आकर्षणको केन्द्र हो । महावुधामबाट बर्दिया, कैलालीको टीकापुर र नेपालगन्जसम्म देख्न सकिन्छ ।

    पाटनको बीचमा रहेको ढुंगामाथि रहेको देवतालाई महावु जगन्नाथ भन्ने गरिन्छ । महावु जगन्नाथलाई महादेवका प्रतीकका रूपमा लिइन्छ । जगन्नाथलाई प्रार्थना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेकाले महादेवलाई त्रिशूल बनाएर चढाउने गर्छन् । काँधमा त्रिशूल बोकेर शिवको महिमा गाउँदै भक्तजन पैदल यात्रा गर्छन् ।

    कालिकोटका काफ्ले थरका एक जना र दैलेख जिल्लाका आचार्य थरका एक जना पुजारीले पूजा गर्ने परम्परा रहेको महावुधाममा महिला गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहे पनि पछिल्लो समय महिलाले पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।

    महावुगाथ रहेको स्थान रमणीय, पाटन क्षेत्र र समथर चरिचरन भएकाले दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैंसी, भेडा बाख्रा चराउने उद्देश्यले गोठाला गोठ निर्माण गरेर बस्ने गर्छन् । वर्षभरि हुने अन्न अभाव हटाउन, गाईवस्तु र मानव जीवनको अकाल मृत्यु हुनबाट बचाउन शिवको पूजापाठ गर्ने गरिन्छ ।

    पूजाका लागि पुग्ने भक्तजनले मुख्य मन्दिरको करिब ४ सय मिटर टाढैदेखि बुकी झारलगायत मुखमा घाँस च्याप्ने चलन अहिले पनि कायमै छ । दाम्लो बाँधेकै अवस्थामा मरेका पशु चौपायाको मोक्ष प्राप्तिका लागि किसानले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन पनि छ ।

    नबोलिकनै शिवलिंग भएको स्थानलाई तीर्थयात्रीले सात पटकसम्म परिक्रमा गर्ने गर्छन् । शिवलिंगमा दैलेखका आचार्य र कालिकोटका ब्राह्मणले प्रत्येक वर्षको पूर्णिमा पूजामा दूधको धारासँगै पूजापाठ गरेपछि मात्र देशभरिका अन्य स्थानमा रहेका देवीदेवताको पूजा हुने प्रचलन छ ।

    सो स्थानमा प्रत्येक वर्ष जनैपूर्णिमााको अघिल्लो दिनदेखि तीन दिनसम्म भव्य धार्मिक मेला लाग्ने गर्छ । समुन्द्र सतहदेखि ४ हजार २ सय मिटर अग्लो फाँटमा रहेको रमणीय धार्मिकस्थलमा एउटा मात्र वर मागे पूरा हुने विश्वास कायम रहेकाले प्रत्येक वर्ष हजारौं आन्तरिक र बाह्य धार्मिक पर्यटक महावु धाम पुग्ने गरेका छन् ।

    महावुको महिमा
    दुई जिल्लाको सीमाना पर्ने महाबु धाममा दैलेखको भुर्ती ठाउँका आचार्य ब्राह्मणका बोल्न नसक्ने छोरा भैंसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा ढुंगाभित्रबाट शरीर धकेलिएपछि उनले आफूसँग रहेको हसियाले खोतल्दा शिव भगवानको उत्पति भई दर्शन पाएको भन्ने किंवदन्ती छ ।

    शिव भगवानको उत्पति भएपछि बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरालाई वेद पढ्न सक्ने वरदान दिई शिला लिंगमा दूध चढाउनु र अरू कसैलाई नभन्नू भनी आज्ञा दिएको भन्ने भनाइ रहेको छ ।

    सो कुरा उनका साथीले थाहा पाएपछि सबैलाई भन्न लगाएको र भनेका आचार्यका छोराले शिव भगवानबाट पाएको बरदान सुनाएलगत्तै उनको मृत्यु भएकाले यही किंवदन्तीअनुसार महावु धाममा २ सय वर्षअगाडिबाट शिव भगवानको दर्शन गर्न धार्मिक पर्यटकको बाक्लो उपस्तिथिति हुने गरेको मन्दिरका पुजारी रामानन्द काफ्लेले बताए ।

    उनका अनुसार नेपालको सबैभन्दा अग्लो स्थानमा हरेक वर्ष धार्मिक मेला लाग्ने र अरू समयमा पनि महावुको अवलोकन गर्नलाई आन्तरिक र बाह्य पर्यटकको महावुमा बाक्लो आगमन हुने गरेको काफ्लेले बताए ।

    मनले मागेको पूरा हुने विश्वास
    महावु धाममा दर्शन गरेपछि मनले मागेको पूरा हुने विश्वास रहेको छ । पुजारी काफ्लेका अनुसार शिवलिंगको दर्शन गरेमा मनले मागेको पूरा हुने विश्वास छ । सन्तान नभएकाले सन्तान मागेमा सन्तान हुने र पाप नाश हुने उनको भनाइ छ ।

    पहिले प्रत्येक वर्षको जनै पूर्णिमाका दिन लाग्ने धार्मिक मेलामा महिला जान नपाउने भए पनि केही वर्षयता महिलाले पनि उल्लेख्य मात्रामा सहभागिता जनाउन थालेका छन् । पुजारी र उनका आफन्त परिवारका महिला भने शिवको दर्शन गर्न अहिले पनि नजाने पुरानै परम्परा रहेको छ ।

    बासस्थानको समस्या, ओडारमा पर्यटक
    हरेक वर्ष हजारांै धार्मिक पर्यटक विभिन्न समयमा महावुको रमणीयस्थलको अवलोकन गर्न जाने गरेको भए पर्नि बासस्थानको अभावले ओडारमा बास बस्नुपरेको महावु पुगेर आएका हेमराज अधिकारीले बताए ।

    स्थानीय सरकार आयसँगै कालिकोटको महावै गाउँपालिकाले आफ्नो क्षेत्रमा तीनवटा धर्मशाला निर्माण गरेपछि महावु धाममा पुगेका पर्यटकलाई सहजता महसुस हुने गरेको भए पनि पर्याप्त बासस्थानको समस्या कायमै रहेको छ । यता दैलेखतर्फ निर्माण सुरु गरिएका धर्मशालाको काम समयमा सम्पन्न हुन नसकेपछि गाईगोरु बस्ने स्थानमा परिणत भएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति…

    उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र…

    अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

    सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑