• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

      सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

      नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज केसी नयाँ आईजीपी नियुक्त

      प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

      रमेश खरेलद्वारा प्रधानमन्त्री बालेनलाई खतरनाक गिरोहको संज्ञा, रविलाई सरकार सम्हाल्न आग्रह

      आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

      राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार

      डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

      महिलाको हत्यामा संलग्न चार जना पक्राउ

      गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

      आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

      एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

      पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो, प्रधानमन्त्रीलाई जानकारी थिएन

      जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    होमपेज /  पत्रपत्रिका

    कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ १६, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९६ पटक पढिएको
  • काठमाडौं,१६ माघ । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको छ । यो तथ्यांक सन् २०२३ सम्मको हो ।

    त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले दूतावासमा घरेलु महिला कामदारको तथ्यांक नरहेको बताए । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारले घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

    नेपालले २०७३ सालमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै प्रतिबन्धसमेत लगाएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ७ वर्ष बित्न लाग्दा पनि हटेको छैन । वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो ।

    यतिका वर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् । नेपाल सरकारले घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला गर्दै विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले रोजगारी पाउने थिए ।

    घरेलु कामदारका लागि अनलाइन स्थानान्तरण सुरु

    कुवेती अधिकारीहरूले मुलुकको डिजिटल रूपान्तरणको एक भागका रूपमा घरेलु कामदारहरूको प्रायोजन स्थानान्तरण गर्न अनलाइन सेवा सुरु गरेका छन् । गृह मन्त्रालयले सरकारी एप साहेलभित्र नयाँ सेवा ल्याएको छ ।

    नागरिकहरूका लागि प्रक्रियाहरू सुव्यवस्थित गर्ने प्रयासमा मन्त्रालयले एकीकृत सरकारी सेवाहरूका लागि साहेल एपमार्फत घरेलु कामदारहरूको रेसिडेन्सी परमिट (इकामा) एक प्रायोजकबाट अर्कोमा हस्तान्तरण गर्न सक्षम गर्ने सेवा सुरु गर्ने घोषणा गरेको छ ।

    फिलिपिन्सबाट नयाँ कामदारमाथि लगाइएको प्रतिबन्धका बाबजुद कुवेतमा घरेलु कामदारको संख्या गत अक्टोबरमा ८ लाख ११ हजार पुगेको छ । यो संख्या सन् २०२१ को अन्त्यमा ५ लाख ८३ हजार थियो ।

    भारतबाट घरेलु कामदारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा लगभग ३० प्रतिशतले बढेर ३ लाख ६१ हजार पुगेको छ । यसमा पनि महिला भारतीय घरेलु कामदारहरूको संख्या २८ दशमलव ७ प्रतिशत रहेको छ ।

    यसको विपरीत तथ्यांकले श्रीलंकाबाट घरमा काम गर्ने कामदारहरूको संख्या सन् २०२२ मा ७९ हजारबाट गत वर्ष ४८ हजार २ सयमा घटेको देखाएको छ । जसमा महिला श्रमिकहरू ९० प्रतिशतभन्दा बढी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

    नयाँ भर्तीमा प्रतिबन्धका बाबजुद कुवेतमा फिलिपिन्सका घरेलु कामदारको संख्या आधारमा दोस्रोमा आएर २ लाख १० हजार पुगेको छ । यसबाहेक, फिलिपिन्स अझै पनि कुवेतमा विदेशी महिला घरेलु कामदारहरूको कुल संख्यामा शीर्ष स्थानमा छ, जुन देशको कुल फिलिपिन्स घरेलु कामदारहरूको ९९ दशमलव ४ प्रतिशत हो ।

    कुवेतले फिलिपिन्सका कामदारहरूका लागि सबै भिसा जारी गर्न निलम्बन गर्ने घोषणा ग¥यो, जुन प्रतिक्रियामा फिलिपिन्स अधिकारीहरूले दुई मुलुकबीच पहिले भएको श्रम सम्झौताको पालना गर्न असफल भयो । यद्यपि, कुवेतले वैध रेसिडेन्सी इजाजत भएका फिलिपिनोहरूका लागि नवीकरण जारी राखेको छ । दुई मुलुकबीच विवाद समाधानका लागि हालै भएको वार्ताले सकारात्मक नतिजा नआएको मिडिया रिपोर्टले जनाएको छ ।

    राजधानी दैनिक

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको…

    सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

    नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज…

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑