• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २२, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

      एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

      विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

      मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यालयको स्थापना

      कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

      झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

      समाचार स्रोत खोल्न पत्रकारलाई बाध्य पार्नु लोकतन्त्रमाथिकै क्षति : दाहाल

      डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

      आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने धार्मिक परम्परा

      गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

      प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

      जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

      एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

      ५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

    होमपेज /  पत्रपत्रिका

    सोनापुर सिमेन्टको सेयर किन्ने कोही भेटिएनन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० कार्तिक १४, मंगलबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २९९ पटक पढिएको
  • काठमाडौँ, १४ कार्तिक ।  सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका लगानीकर्ताहरू सेयर बिक्री गर्ने मात्रै देखिएका छन् । आइतबारबाट कारोबार शुरू भएको कम्पनीका लगानीकर्ताहरू सेयर बिक्री गरेर पन्छिने मनस्थितिमा देखिन्छन् ।

    हरेक दिन लाखाैं कित्ता बिक्रीमा रहने तर खरिदकर्ता एक जना पनि नहुँदा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । जसका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू भएदेखि नै लगातार नकारात्मक सर्किट लाग्दै आएको छ । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गरेको कम्पनीप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा बिक्री चाप देखिएको सेयर विश्लेषकहरूको भनाइ छ ।

    आइतबार ३ सय ५० रुपियाँमा कारोबार खुले पनि बिक्रीचाप बढ्दा १० प्रतिशत घटेर ३ सय १५ रुपियाँमा झरेको थियो । सोमबार पनि बजार खुलेलगत्तै घटेको यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ८३ रुपियाँमा सीमित भएको छ । पहिलो दिन नै कम्पनीको ४ लाख कित्ताभन्दा बढी बिक्रीमा रहेको थियो । त्यस्तै, सोमबार ३ लाख ९० हजार ७ सय ४८ कित्ता सेयर बिक्रीमा छ । सेयर लगानीकर्ताले १० प्रतिशत घटाएर सेयर बिक्रीमा राख्दा पनि खरिद गर्ने लगानीकर्ता भेटिएका छैनन् ।

    सर्वसाधारण लगानीकर्तालाई गुमराहमा राखेर कम्पनीले आईपीओ बिक्री गर्न सफल भए पनि धितोपत्रको दोस्रो बजारमा खरिदकर्ता नभेटिँदा सर्वसाधारण लगानीकर्ता मर्कामा परेका छन् । कम्पनीले शंकास्पद वित्तीय विवरण पेस गरेर नियमक निकायलाई प्रलोभनमा पारेर लगानीकर्तालाई गुमराहमा पारेको विषयमा नेपाल समाचारपत्रले लगातार समाचार प्रकाशित गरेको थियो । तर, नियमक निकाय मौन बस्दा सोनापुर सिमेन्टमा लगानी गरेका लाखौं लगानीकर्ताको करोडौं रुपियाँ जोखिममा परेको छ ।

    यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दाका निम्ति निष्कासन गरिएको १५ लाख कित्ता सेयर उनीहरूले बहिष्कार गर्दै ९७ हजार कित्ता मात्रै आवेदन परेको थियो । स्थानीयले बहिष्कार गरेको सेयर पनि सर्वसाधारणलाई थप गरी सय रुपियाँ अंकित मूल्यमा १ सय ३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर कुल २ सय ३७ रुपियाँ ५८ पैसामा आईपीओ बिक्री भएको थियो । सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता बिक्री गरेर आएको रकमले कम्पनीले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने योजना बनाएको थियो ।

    आर्थिक वर्ष २०७५-७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६-७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर आर्थिक वर्ष २०७६-७७, आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७८-७९ को ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर नाफा देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । कम्पनीले लाभांश दिन नसक्ने भएकाले महँगो मूल्यमा दोस्रो बजारमा लगानीकर्ता चासो नदेखिएको हो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण…

    एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यालयको स्थापना

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑