• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

      विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

      गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

      कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

      इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

       विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    होमपेज /  पत्रपत्रिका

    विवादास्पद घोराही सिमेन्टको सेयर मूल्य आईपीओभन्दा सस्तियो, सर्वसाधारणको २ अर्ब रुपैयाँ डुब्दै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन २६, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३७२ पटक पढिएको
  • आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मूल्य राखेर जारी गरेको घोराही सिमेन्टको धितोपत्र बजारमा कारोबारमा आएसँगै मूल्य घट्ने क्रम सुरु भएको छ ।

    आईपीओमा स्थानीय बासिन्दाले पनि नपट्याएको घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओभन्दा पनि कम मूल्यमा कारोबार हुन थालेपछि सर्वसाधारणले ठगिएको आभास पुनः गर्न थालेका छन् ।

    प्रिमियम मूल्यमा सर्वसाधारणलाई जारी गर्दा नै लुप होल प्रयोग गरी धितोपत्र बोर्डसम्मलाई छक्याउन सफल भएको घोराहीको मूल्य बिहीबार ४ सय ३० रुपैयाँसम्ममा झरेको थियो । ४ सय ३५ मूल्यमा आईपीओ जारी भएको घोराहीको मूल्य बिहीबार बजार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको छ । ४ सय ३९ रुपैयाँमा बिहान कारोबार भएको घोराहीको मूल्य ४ सय ३० सम्म घट्दै कारोबार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको हो ।

    बिहीबार कम्पनीको सेयर मूल्य शून्य दशमलव ९६ प्रतिशत अर्थात् ४ दशमलव २० रुपैयाँ घटेको छ । बिहीबार दिनभरिमा कम्पनीको ४४ हजार १ सय ४८ कित्ता सेयर १ हजार १ सय ९१ पटक खरिद बिक्री हुँदा १ करोड ९२ लाख ६५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    आईपीओ बिक्री गर्दादेखि चलखेल गरी सर्वसाधारणको करोडौं रुपैयाँ असुलेको घोराही सिमेन्टले सेयर बजारमा कारोबारमा आएदेखि पनि चलखेल गर्दै अधिकतम प्रतिकित्ता ५८१.४० रुपैयाँसम्म पु¥याएको आरोप लगाइएको छ ।

    सुरुमा मूल्य बढाएर कर्नरिङ गरिएकोमा अहिले भने मूल्य घट्न थालेको छ । सेयर बजार विश्लेषक घोराही सिमेन्टको अवस्था नाजुक भएकाले यसको मूल्य अझै घट्दै जाने बताउँछन् ।

    गत साउन २५ गते आईपीओमा सूचीकृृत भएर कारोबार सुरु भएको कम्पनी २ महिनामा नै साइजमा आउन थालेको हो ।

    घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएपछि यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

    घोराही सिमेन्टको पहिलो कारोबार दिन ५ सय ६५ रुपैयाँ ५० पैसामा कारोबार खुला भएर दिनभरिमा ५ सय ८१ रुपैयाँ ४० पैसासम्मको उच्च मूल्यमा कारोबार गरेको थियो । सेयर मूल्य घट्दै जाँदा अन्तिम कारोबार हुँदा भने ५ सय ९ रुपैयाँमा पहिलो दिनको कारोबार बन्द भएको थियो ।

    कारोबार सुरु भएको ४०औं कारोबार दिनमा घोराही सिमेन्टको मूल्य प्रिमियम आईपीओ निष्कासनको दरभन्दा तल झरेको र यो क्रम निरन्तर चल्ने ठम्याइ बजार विश्लेषकको छ ।

    शिवम् सिमेन्ट कुल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कुल सूचीकृत ४ करोड ४० लाख कित्ता सेयरमा ३ करोड ८७ लाख २० हजार कित्ता सेयर संस्थापक छ भने बाँकी ५२ लाख ८० हजार कित्ता साधारण सेयर छ । कम्पनीले आईपीओ जारी गरेको तीन वर्ष पुगिसकेकाले संस्थापक सेयरको समेत लकइन पिरेड खुलिसकेकाले कम्पनीको सेयरमा बढी आपूर्ति हुने र यसमा कर्नरिङ हुने आशंका यसअघि नै गरिएको थियो । बजार घटाउन वा बढाउन दुई वा दुईभन्दा बढी मिलेर खरिद बिक्री गर्ने अनि मिलेर मूल्य घटाउने वा बढाउने कामलाई कर्नरिङ भनिन्छ ।

    घोराही सिमेन्टको आईपीओमा फर्जी खरिदकर्ता पैदा गरेर चलखेल भएपछि धितोपत्र बोर्डले आईपीओ स्थगन गरिदिएको थियो ।

    केही समय अनुसन्धान गरेको देखाउँदै बोर्डले तीन दिन मौका दिनू भनेर दिएको निर्देशन घोराहीले सार्वजनिक बिदाको दिन पारेर पैसा फिर्ता लिन शुक्रबार सार्वजनिक सूचना निकालेर सर्वसाधारणले पैसा फिर्ता लिनबाटै वञ्चित गराइ आईपीओ भिडाइएको थियो ।

    शनिबार सार्वजनिक बिदा परेको दिनमा त्यो पनि बैंकमा नै गएर पैसा फिर्ता लिनुपर्ने झन्झटिलो प्रावधान राखेर घोराहीले सर्वसाधारणको पैसा ट्रयापमा पारेको थियो ।

    डुब्न स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्न शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानबिन नगरी घोराहीलाई आईपीओ निष्कासन प्रकरणमा उन्मुक्ति दिइएको थियो ।

    कम्पनीको वित्तीय विवरण नै शंकास्पद रहेको र त्यही शंकास्पद विवरण आधार मानेर आफ्नै लगानी रहेको केयर रेटिङ नेपालबाट रेटिङ गराएको र दोस्रो बजारमा आईपीओ मूल्यभन्दा पनि कम दरमा आउन थालेको घोराही सिमेन्टबाट सर्वसाधारणको २ अर्ब डुब्ने लगभग पक्कापक्की भइसकेको छ । विवादको घेरामा र स्वार्थ समूहको चंगुलमा फसेको घोराही सिमेन्टको मूल्य प्रिमियम मूल्यभन्दा आधा घट्ने आंकलन गरिएको छ ।

    आईपीओ जारी गर्दा केयर रेटिङ नेपालले घोराही सिमेन्टको रेटिङ गरेको थियो ।

    कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ मूल्यमा ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

    आईपीओ बिक्री अवधि असार ४ गतेभित्रै मागभन्दा ३ गुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले बिक्री अवधि थप गरी असार १४ गतेसम्म कायम गरेपछि यसलाई छानबिनको घेरामा ल्याइएको थियो ।

    विवरणपत्र नै भ्रामक र जोखिमपूर्ण रहेको घोराहीको आईपीओलाई उनकै कर्मचारीले पनि विश्वास गरेको थिएन । जसले गर्दा स्थानीय बासिन्दा, कर्मचारी र वैदेशिक रोजगारमा गएकालाई छुट्याएको सेयर बिक्री गर्न घोराहीलाई हम्मेहम्मे परेको थियो ।

    बिक्री हुन नसकेको सेयरलाई सर्वसाधारणको कित्तामा थपेर घोराहीले बिक्री गर्दा फर्जी खरिदकर्ता पैदा गरिएको थियो ।

    विभिन्न काण्डमा मुछिएको घोराही सिमेन्टको आईपीओलाई स्थानीयबासीले बहिष्कारजस्तै गरेका थिए । घोराही सिमेन्टले वातावरण प्रदूषण गरेको भन्दै स्थानीयबासी अदालतसम्म पुगेका कारण स्थानीयले आइपीओ किनेका थिएनन् ।

    घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा ब्रान्डको ओपीसी सिमेन्ट नापतौल तथा गुणस्तर विभागमा परीक्षण गर्दा कैफियत देखिएकाले जिल्ला प्रशासन कार्यालय बर्दियाले यसअघि नै बिक्री वितरणमा रोक लगाएको थियो ।

    घोराही सिमेन्ट इन्डस्ट्रिज र एनआईसी एसिया बैंकका सञ्चालक एउटै समूह, एकै परिवारका सदस्य र एकै व्यक्ति भएकाले दिग्भ्रमित पार्ने षड्यन्त्रमा संलग्न भएको बताइएको थियो ।

    घोराही सिमेन्टका लगानीकर्ताद्वय विशाल समूह र त्रिवेणी समूहको एनआईसी एसिया बैंकमा करिब ४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

    एनआईसी एसिया बैंकको मुख्य सेयरधनीमा विशाल र त्रिवेणी (सांघाई) समूहका सदस्यहरू छन् । जसको घोराही सिमेन्टमा अधिकांश सेयर स्वामित्व छ ।

    एनआईसी एसिया बैंकमा व्यावसायिक घराना विशाल समूहका सदस्यको कम्तीमा २६ प्रतिशत सेयर स्वामित्व छ । त्यसैगरी, सांघाई समूहका सदस्यको १३ प्रतिशत सेयर लगानी छ । उता घोराही सिमेन्टमा विशाल समूहसम्बद्ध लगानीकर्ताको कुल २१ दशमलव ३४ प्रतिशत सेयर लगानी रहेको छ । विशाल समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल घोराही सिमेन्ट कम्पनीका सञ्चालक समितिमै छन् ।

    त्यसैगरी, सांघाई समूहका रामचन्द्र सांघाई, गोविन्दलाल सांघाई, वीरेन्द्र सांघाई, सुभासचन्द्र सांघाईको सिमेन्ट कम्पनी र एनआईसी एसिया बैंकमा सेयर रहेको छ ।

    घोराही सिमेन्टको आईपीओ निष्कासनमा केयर रेटिङस कम्पनीलाई पनि शंकाको दृष्टिकोणले हेरिएको थियो ।

    केयर रेटिंसमा विशाल समूहको कम्तीमा १९ प्रतिशत सेयर लगानी रहेकाले शंकाको दृष्टिले हेरिएको थियो ।

    दाङको घोराही उपमहानगरपालिका–४ मा रहेको घोराही सिमन्ट उद्योग मानवबस्तीबीच रहेको छ । उच्च अदालत दाङले समेत उद्योगलाई वातावरण प्रदूषण हटाउन र वातावरण विभागले तय गरेका मापदण्ड पालना गर्दै तोकिएका उपकरण जडान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश र स्थानीयबासीको मागलाई उद्योगले बेवास्ता गर्दै आएको स्थानीयबासीको आरोप छ ।

    वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर गम्भीर रूपमा परेको र पानीको मूलसमेत सुक्न थालेको स्थानीय बासिन्दा बताउँछन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा…

    आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑