सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,२५ असोज। राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ सुरू गरेको छ । कामपाले बिहीबारबाट डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ सुरु गरेको छ ।
कामपाले डेंगी नियन्त्रण र विशेष सरसफाइ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र कामपा वातावरण व्यवस्थापन विभागअन्तर्गत केही कर्मचारी परिचालन गरिएको छ ।
चाडवाड सुरु हुनै लाग्दा राजधानीमा डेंगी संक्रमणको संख्या ह्वात्तै बढ्न थालेको छ । कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले महानगरभित्र १ सय ८४ जना डेंगी संक्रमित रहेको जानकारी दिनुभयो । तर, अस्पतालहरूले जनाएअनुसार सयौंको संख्यामा संक्रमित रहेका छन् ।
उहाँले सबैभन्दा बढी कालिमाटी, कलंकी र स्वयम्भू क्षेत्रमा डेंगी संक्रमितको संख्या बढेको जानकारी दिनुभयो । बढी वर्कसप, भीडभाड हुने र पानी जम्ने क्षेत्र बढी भएका कारण ३ वटाक्षेत्रमा संक्रमितको संख्या बढेको हो ।
नेपाल समाचारपत्र दैनिक
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा