• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

    होमपेज /  पत्रपत्रिका

    जलहरी घोटाला प्रकरण : कोषका सदस्य सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन १५, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३५१ पटक पढिएको
  • काठमाडौँ, १५ असोज । हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित तीन जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले आइतबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कोषका कोषाध्यक्षसमेत रहेका हादका सदस्य सचिव मिलनकुमार थापासहित ३ जनाविरुद्ध जनही १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो असुल हुनुपर्ने मागदाबी गरेको छ । नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन र जलहरीमा प्रयोग भएको सुनबिच १५ सय ६५ ग्राम कम देखिएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्र बैंकसँग १ सय ३ किलो ७ सय ७३ दशमलव १ ग्राम सुन किनेको थियो । तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    तर, जलहरी निर्माणमा १ सय १ किलो ४८ दशमलव ५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १ सय ३ किलो ७ सय ७३ दशमलव १ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १ सय १ किलो ४८ दशमलव ५ ग्राम सुन घटाउँदा १ किलो ५ सय ६५ दशमलव ६ ग्राम सुनको फरक देखिएको थियो ।

    राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्डअनुसार शून्य दशमलव शून्य ७२ प्रतिशतले हुन आउने सुन घटाउँदा बाँकी रहेको १ किलो ४ सय ९१ दशमलव ७ सय १८ ग्राम सुन हिनामिना भएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए ।

    कोषले २६ माघ २०७७ मा राष्ट्र बैंकसँग सुन किन्ने सम्झौता गरेको थियो । कोषका तत्कालीन सदस्य सचिव ढकाल र तत्कालीन कोषाध्यक्ष (हालका सदस्य सचिव) थापाले सुनको जलहरी निर्माण समितिको संयोजक तथा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का तत्कालीन कोषाध्यक्षसमेतको जिम्मेवारीमा रहेर सुनको ज्ञान नभएका कालीगढमार्फत काम गराएको अभियोगपत्रमा उल्लेख छ ।

    ‘पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमूल्य सुनलगायतका धातुको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउनेजस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सो नगरी सुनसम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट इजाजत नलिएको अनधिकृत व्यक्तिमार्फत कालिगढका रूपमा काममा लगाई जलहरी निर्माण कार्यलाई अगाडि बढाई कामको जिम्मेवारी दिएको देखिएको,’ अख्तियारले विशेषमा दायर गरेको मुद्दामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन १ सय ३ केजी ७ सय ७३ दशमलव १ ग्रामको शुद्व सुन १०२६१४.० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, चाँदी, तामासमेत गरी कुल १०६४३२.५ ग्राम सुनको शुद्व सुन १०००८५.९ ग्राम देखिन आएको र रुगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत गरी १०३७.५ ग्राम सुनको शुद्वता ९६२.६ ग्राम देखिएको छ ।’

    सुनको जलहरीमा प्रयोग भएको चादी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुन र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुन गरी जम्मा तौल १०७,४७०.० ग्राम सुनको शुद्व सुन १०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्व सुन १०२६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा बाँकी रहेको सुनसमेत गरी शुद्व सुन १५६५.६ ग्राम परिमाणमा अन्तर परेको भन्दै यो अनियमितता भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

    जर्तीबापत नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्डअनुसार १ किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम सुन निज प्रतिवादीहरू ढकाल र कुमार थापाले हिनामिना गरेको अख्तियारले जनाएको छ । ढकाल र थापाले ११ फागुन २०७७ सालको राति ८ बजे गरिएको मुचुल्का नै शंकास्पद रहेको आरोपपत्रमा उल्लेख छ । ‘फागुन २० को कोषको निर्णय तथा मुचुल्काबिनै रिङ बनाउने भनी सुन लिई रिङ बनाएको देखिएको हुँदा परिषद्का जिम्मेवार पदाधिकारीहरू पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष (हालका सदस्य सचिव) थापासमेतको निर्देशनमा रिङ जडान गर्ने तथा बाँकी रहेको सुन राख्ने क्रममा बिना मुचुल्का अनाधिकृत रूपमा गरेको भन्ने निजको बयान कागजातसमेतबाट खुलेको छ,’ अख्तियारले भनेको छ । त्यसमा बदनियतपूर्वक जलहरी निर्माण क्रममा हानिनोक्सानी भएको भन्दै १ केजी ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम सुनको मूल्य खरिद गर्दाको मूल्यअनुसार हुन आउने १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ ८५ पैसालाई बिगो कायम गरिएको हो ।

    यो प्रकरणमा सुन अनियमितता गर्न ढकाल र थापाको प्रत्यक्ष भूमिका रहेको पुष्टि भएको र बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकाले अख्तियारको आरोप पत्रमा उल्लेख छ । त्यस्तै, कोषका स्टोरकिपर अरुणकुमार श्रेष्ठले कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार व्यक्ति रहेकोमा मन्दिरभित्र सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुनलगायत सोही कार्यमा अन्य दाताबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पारदर्शी रूपमा दुरुस्त नराखी हिनामिना गर्ने योजनामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको हो ।

    बिनामुचुल्का गैरजिम्मेवारी रूपमा काम गरेको भन्दै श्रेष्ठलाई कसुरदारको सूचीमा समेटिएको हो । ‘कोषले जिम्मा दिएको सम्पत्ति सुरक्षित साथ राख्ने र कोषलाई आवश्यक परेको अवस्थामा दाखिला गराउने गरी जिम्मा लिई कार्यरत रहँदै आएको र सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुवै सिफ्टको कार्यटोलीमा खटिइएको जिम्मेवार व्यक्तिले मिति आधिकारिक निर्णय, कोषका जिम्मेवार सदस्य तथा कार्यटोलीका सदस्यलाई समेत तत्कालै जानकारी नदिई बिनानापतौल तथा मुचुल्का गैरजिम्मेवारीतवरले थापाले निर्देशन दिँदाका कुनै प्रतिवाद नगरी मिलेमतोमा काम गरेको आरोप लगाइएको छ । उनलाईसमेत ढकाल र थापासरह नै बिगो मागदाबी गरिएको हो ।

    महालेखाले जलहरीमा प्रश्न उठाएपछि अख्तियारले थालेको थियो अनुसन्धान
    महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा जलहरी निर्माणमा अनियमितता भएका विषय समेटेर प्रतिवेदन ल्याएको थियो । महालेखाले पशुपतिनाथको जडित सुनको जलहरीमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि सो विषयमा अख्तियारमा उजुरी परेको थियो ।

    ‘जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’ महालेखाको प्रतिवेदनमा भनिएको छ । यस्तै, जलहरी बनाउने भाडामा पनि अनियमितता भएको पाइयो । पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन नियमावली २०४५ (नियम ३.४.१.१) अनुसार दाताबाट प्राप्त चन्दा, अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति…

    उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र…

    अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

    सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑