• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

      काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ ?

      काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

      धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

      याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

      मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

      ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

      प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

      भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन सक्छ’

      नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

      कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८ जना बेपत्ता

      सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    होमपेज /  पत्रपत्रिका

    प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन ९, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४७० पटक पढिएको
  • काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ । एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै छलफल हुन सकेन । आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक पूरा भइसकेको छ । अब आउँदो १३ असोजसम्म भ्रमण र निरीक्षण गरेर दिन बित्ने छ ।

    तीन दिनबिच प्रधानमन्त्री दाहालले अमेरिकाबाट चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे । सोही दिन १९औं एसियन गेममा सहभागिता जनाए । दोस्रो दिन प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबिच सोमबार चीनको ग्रेटहल अफ दी पिपुलमा औपचारिक वार्तापछि १२ बुँदे सम्झौता र एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

    चीन भ्रमणअघि प्रधानमन्त्री दाहालले औपचारिकरूपमा जुन घोषणा र प्रतिबद्धता ठाउँअनुसार बोलेका थिए, चीनमा पुगेपछि ती प्रतिबद्धता र एजेन्डा बिर्सेर १२ वटा नयाँ सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेर नेपाल फर्किँदै छन् । उनले चीन भ्रमणअघि चीनसँगको सीमा नाका कोभिड–१९ पूर्वको अवस्थामा सूचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, चीनमा पुगेपछि दाहालले सो कुरा बिर्सेका छन् ।

    त्यस्तै, चीन र नेपालबिच आर्थिक व्यापारको विषयमा सहज बनाउने र नाका प्रभावकारी बनाउने विषय पनि एजेन्डामा परेको देखिँदैन । बीआरआईको विषयमा नेपाल सकारात्मक भएको मात्रै जवाफ चीनलाई दिए तर, चीन प्रधानमन्त्री दाहालको प्रतिबद्धतामा विश्वस्त हुन सकेको देखिँदैन । त्यस्तै, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सांसदलाई आस्वस्त पार्दै सडक, ऊर्जा, विज्ञान तथा प्रविधि तथा व्यापार र विकासलगायतका क्षेत्र, कनेक्टिभिटी, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका परियोजनामा चीनको सहयोग विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको जनाएका थिए । तर, सोमबार भएको सम्झौतामा यी विषयको कुनै कुरा समावेश भएको देखिँदैन ।

    के–के विषयमा भयो सम्झौता र समझदारीपत्रमा हस्ताक्षर ?
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबिच सोमबार चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ ।

    नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबिच विज्ञान तथा प्रविधि र अन्वेषण अनुसन्धान अघि बढाउने विषयमा सम्झौता भएको छ । सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले हस्ताक्षर गरेका छन् । यस्तै, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    त्यस्तै कृषि, पशुपालन र मत्स्यपालन विकासका लागि चीनको कृषि तथा ग्रामीण सरोकार मन्त्रालय र नेपालको कृषि, पशुपंक्षी विकास मन्त्रालयबिच समझदारी भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।

    दुई देशबिच सन् १९८१ को नेपाल–चीन व्यापार सम्झौताको समीक्षाका लागि संयुक्त प्राविधिक समूह निर्माण गर्ने समझदारी भएको छ । उक्त सम्झौताको समीक्षाका लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको व्यापार मन्त्रालयले काम गर्ने भएका छन् । सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।

    चीनमा औषधि उत्पादनका लागि नेपालको जडीबुटी निर्यात अघि बढाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबिच समझदारी भएको छ । प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।

    दुई देशबिच एकअर्का पुरातात्विक महत्वका कृतिहरू प्रकाशन र अनुवाद गर्ने समझदारी भएको छ । जसका लागि चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काम गर्ने भएका छन् । सो सहमतिपत्रमा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबिच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबिच आदानप्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल इकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धि’bout समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार र चिनियाँ अधिकारीबिच समझदारीपत्र आदान–प्रदान भएको छ ।

    दुई देशले हिमाली क्षेत्रका उत्पादन तथा जैविक पदार्थ’bout सन् २०१७ मा भएको सहमतिसम्बन्धी प्रमाणपत्र आदानप्रदान गरेका छन् । दुई देशबिच यसअघि सिन्जाली उच्च माध्यमिक विद्यालय परियोजना अघि बढाउने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

    प्रचण्डको भ्रमणका क्रममा दुई देशबिच प्राकृतिक विपद् उद्धार सामग्रीसम्बन्धी पत्र पनि आदानप्रदान भएको छ । दुई देशले मानवीय स्रोत आदानप्रदान’bout पनि समझदारी गरेका छन् । त्यस्तै हिल्सा–सिमकोट सडक परियोजना अघि बढाउने कुरामा पनि समझदारी गरेका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो,…

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ…

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑