• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  पत्रपत्रिका

    महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन ४, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१२ पटक पढिएको
  • दोहा । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर त्यहाँ पुगेका ११ नेपाली बिचल्लीमा परेका छन् । उनीहरू गत २२ साउनमा त्यहाँ पुगेका थिए ।

    काठमाडौंको सुकेधारामा रहेको हलेसी ओभरसिज म्यानपावरलाई मोटो पैसा बुझाएर साउदी अरबमा रहेको एक होटलमा पठाएको र म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितले बताएका छन् । त्यहाँ होटलले मागेअनुसार म्यानपावरले कामदार नपठाउँदा आफूहरू अलपत्र परेको उनीहरूले बताए ।

    धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका उनीहरूलाई कम्पनीले कोठाबाट निकालेपछि भोकभोकै सडकमै बसेको दुई दिनपछि उद्धारको सहयोग माग्दै महावाणिज्य दूतावास जेद्धामा पुगेका थिए ।

    ‘हामी महावाणिज्य दूतावासमा आएर बसेको पनि २० दिन भइसक्यो, अहिलेसम्म पनि उद्धार हुने केही प्रक्रिया अगाडि बढेको थाहा छैन,’ कपिलवस्तुका इन्द्रजीत कोरीले भने, ‘दूतावासले तीन÷चार महिना हामी केही गर्न सक्दैनौं भनेको छ, तिमीहरू आफैं म्यानपावरमा कुरा गर भनेको छ, हामी केही सहयोग हुन्छ भनेर दूतावास आएका हौं, दूतावासले म्यानपावरमा भन भन्छ, त्यसो भए दूतावास किन चाहियो ? हामी दूतावासभित्रै अलपत्र अवस्थामा छौं, खानाचाहिँ पाएका छौं, म्यानपावरले केही वास्ता गर्दैन, अब के गर्ने कहाँ जाने ?’

    म्यानपावरले कम्पनीमा लागेको भिसाको पैसा तिरिदिए मात्र कम्पनीले एक्जिट भिसा दिने र त्यसपछि मात्रै आफूहरू नेपाल फर्कन पाउने कोरीले बताए । धेरै समय लाग्छ भनेर दूतावासले भन्ने गरेको उनीहरूको भनाइ छ ।

    म्यानपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरूसँग डेढ लाखदेखि २ लाख रुपैयाँसम्म असुली गरेर यहाँ पठाएको उनीहरूले बताए । ‘ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ अर्का पीडित अर्घाखाँचीका देवेन्द्र भुसालले भने, ‘आएको दिनदेखि नै पीडामा छांै, होटलले मागेअनुसार म्यानपावरले हामीलाई यहाँ पठाएको पाइएन, हामीलाई क्लिनरका रूपमा यहाँ पठाएको हो, तर होटलमा क्लिनरको आवश्यकता नपरेको भन्दै कम्पनीले २२ दिनसम्म कोठामा थुनेर राख्यो त्यसपछि तिमीहरू हामीलाई चाहिँदैन भनेर सडकमा निकालिदिएपछि दूतावास आएका हौं ।’ दूतावासबाट पनि सहयोग नपाएको उनीहरूले सामूहिक दुखेसो पोखे ।

    आफूहरू दूतावासभित्र बसिरहेको भए पनि लामो समय यसरी बस्दा समस्या हुने भन्दै आफूहरूलाई सकुशल स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावर सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

    अलपत्र पर्नेहरूमा अर्घाखाँचीका देवेन्द्र भुसाल, रौतहटका तस्लिम मिया अन्सारी, जनकपुरका तेजाजु साह, रोल्पाका भरतकुमार मगर, दाङका विजय परियार र विजय कामी, कपिलवस्तुका इन्द्रजीत कोरी, जाजरकोटका राजुराम बुढाक्षेत्री, नवीन परियार, सुनिल परियार र धनुषाका लक्ष्मण ठाकुर रहेका छन् ।

    हलेसी ओभरसिजका सञ्चालक राजेशजंग निरौलाले भने पीडितहरू महावाणिज्य दूतावासमा सुरक्षित रहेको भन्दै साता दिनभित्र कम्पनीले काम दिने भनेको भए पनि आफू अस्पतालमा रहेकाले बुझेर खबर गर्ने राजधानीलाई बताए ।

    ‘अहिलेसम्म दूतावासमै छन्, म्यानपावरले दूतावाससँगको समन्वयमा खाने बस्ने व्यवस्था गरिरहेको छ,’ निरौलाले भने, ‘एक साताभित्र काम दिने सहमति भएको थियो, भोलि दूतावास खोल्ने बित्तिकै के हुँदै छ म बुझ्छु ।’

    पीडितहरूले नेपाल फर्काइदिन अनुरोध गरिरहेको भए पनि उनीहरूका परिवारले काम मिल्छ भने काममै लगाइदिनु भनेको उनले बताए । आफूले झुठा बोलेको भए दूतावासमा बुझ्न पनि उनले आग्रह गरे ।

    पछिल्लो समय साउदी अरब पुगेका सयौं नेपाली अलपत्र परेको र त्यस विषयमा उनीहरूलाई पठाउने म्यानपावरसँग सम्पर्क गर्दा समस्या समाधान गर्छौं भन्ने गरेको भए पनि नटेर्ने गरेको पाइएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑