• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २२, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने सरकारको निर्णय

      धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

      कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

      एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

      विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

      मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यालयको स्थापना

      कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

      झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

      समाचार स्रोत खोल्न पत्रकारलाई बाध्य पार्नु लोकतन्त्रमाथिकै क्षति : दाहाल

      डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

      आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने धार्मिक परम्परा

      गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

      प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

      जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    होमपेज /  पत्रपत्रिका

    देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन ४, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५०३ पटक पढिएको
  • काठमाडौँ, ४ असोज ।  मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ । पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् ।

    देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले मंगलबार बैठक बसेर कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेका छन् । उनीहरूले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई समेत एकाकार गर्दै देशभर आफ्नो समूहलाई मजबुत बनाउँदै लैजाने अभियानमा छन् । मंगलबारको बैठकमा निमन्त्रणा गरे पनि प्राविधिक रूपमा बैठकमा उपस्थित हुन नसके पनि महामन्त्री शर्मा र नेता पौडेल आफूसँगै रहेको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो । ‘गत साउन २ को केन्द्रीय समितिमा उहाँहरूले राखेका धारणाले नै हामीसँगै रहेको पुष्टि गर्छ’, उहाँले भन्नुभयो– ‘रूपान्तरणको अभियान जो जुन भूमिकामा छन् उनीहरू नै रूपान्तरण हुनुपर्छ भन्ने हो त्यसमा उहाँहरूको एकमत छ । प्रविधिक हिसाबले बैठकमा भौतिक उपस्थिति हुन मात्रै सक्नुभएन ।’

    मंगलबारको बैठकको निचोड बोकेर बुधबार डा. शेखर कोइराला पार्टी सभापति देउवा निवास धुम्बाराही पुग्नुभएको थियो । नेता कोइरालाले सभापति देउवालाई भेटेर देशको समग्र अवस्था र पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि जनाउनुभएको भेटमा सहभागी नेताहरूले बताएका छन् । भेटमा कोइरालाले सभापतिसँगलाई देशको आर्थिक राजनीतिक, सामाजिक परिस्थिति अत्यन्तै खतरनाक मोडमा पुगेको सुझाउँदै पार्टी र सरकारसमेत यसमा गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराउनुभएको नेता आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो । नेता कोइरालाको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो– ‘मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्था अत्यन्तै खतरामा छ । राष्ट्रियताको सवालमा गम्भीर संकटहरू आएका छन् । यो स्थितिमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने छ र सरकारको भूमिका पनि बदलिनुपर्छ । गुटगत राजनीतिबाट माथि उठेर राष्ट्रियताको सवाल र पार्टी एकताको सन्देश दिने सवालमा नेतृत्वले सोच्नुपर्ने वेला भएको छ ।’ नेता कोइरालाको सवालमा सभापति देउवाले परम्परागत शैलीमा सबैलाई मिलाएर लैजाने जवाफ दिएको आचार्यको भनाइ छ ।

    पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई कोइरालाले चेतावनीसमेत दिएको बताइएको छ । मंगलबार आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेडअनुसार कोइरालाले बुधबार बिहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरुङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुग्नुभएको थियो ।

    पार्टीलाई विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेको भन्दै संस्थापनइतरका नेताहरूले ध्यानाकर्षण गराउँदै आएका छन् । प्रदेशमा सरकार निर्माण र मन्त्री पठाउँदा एकलौटी गरेकोदेखि भ्रातृ संगठनहरूको नेतृत्व प्रदान गर्दासमेत देउवाले आफू निकटकालाई मात्रै जिम्मेवारी दिँदै आउनुभएको छ । त्यस्तै, पार्टीका महत्वपूर्ण विभागहरूमा समेत इतर समूहलाई बाइपास गरेको शेखर–गगन समूहले गुनासो गर्दै आएका छन् ।

    नेतृत्वको गलत निर्णयले कोशी प्रदेशमा कांग्रेसको शिर निहुरिएको समेत सभापति देउवाको ध्यानाकर्षण गराएको छ । ०७८ को १४औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका अधिकांश नेताहरूसहित देउवा समूहबाट महामन्त्री पराजित प्रदीप पौडेल र प्रकाशमान सिंह समूहबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा एक ठाउँ हुँदा शक्ति सन्तुलनका हिसाबले देउवा समूह विस्तारै कमजोर हुँदै जाने र आगामी १५औं महाधिवेशनमा शेखर–गगन समूहलाई बलियो बनाउन सकिने रणनीतिमा नेताहरू अहिलेबाटै रणनीतिक अभ्यासमा छन् । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने तयारीमा छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने…

    धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ…

    कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण…

    एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑