सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।
पार्टीको नाम एकीकृत राप्रपा राखिएको छ । चुनाव चिन्ह पुरानै कायम गरिएको छ । चुनाव चिन्ह हलो कि गाई ? भन्ने विवादका कारण राप्रपा फुटेको हो ।
डा.लोहनी नेतृत्वको राप्रपाले चुनाव चिनह हलो कायम गरेको छ । तर निर्वाचन आयोगले निर्णय गर्न भने बाँकी छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
नवगठित राप्रपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक महेश्वर रोकायका अनुसार बुधबार साँझ १० देखि १२ बजेसम्मको शुभसाइतमा निर्वाचन आयोगमा गएर पार्टीलाई विधिवत् रुपमा दर्ता गरिनेछ ।
नवगठित राप्रपामा केशरबहादुर विष्ट, गणेश शेरचन, सगुन लावती, बालकृष्ण न्यौपाने, दिलविकास राजभण्डारीलगायतका समूह पनि समेटिएका छन् ।
स्थानीय तहको निर्वाचन सम्मुख आइसकेको र टिकट नपाउने जति नवगठित राप्रपामा जान सक्ने सम्भावनाका कारण कमल थापाले नयाँ रणनीति अवलम्बन गरेका छन् ।
पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्दलाई कुनै हालतमा पनि नवगठित राप्रपामा जान नदिने रणनीति कमल थापाको छ ।
यसका लागि उनले पशुपति शम्शेर राणाकी छोरी देवयानी राणालाई केन्द्रीय सदस्य मनोनीत गरेर उपसभापतिको जिम्मेवारी दिने आश्वासन दिएका छन् भने लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा अरुणलाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा