• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

      खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

      विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

      नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

      पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

      उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह

      चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

      क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

      सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

      नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

      रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

      अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

    होमपेज /  पर्यटन

    अङ्ग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ पौष १७, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३५८ पटक पढिएको
  • भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष-२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।

    नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको आज बिहान भीड थियो भने रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउन मुस्किल थियो । उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक पुगेका थिए । हिजो बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन् ।

    समुद्री सतहबाट दुईहजार मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठहजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताउँछन् ।

    सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उनले कोरोना भाइरसको महामारीको बीचमा पनि नयाँ वर्ष २०२१ को उत्साह उमङ्ग स्वदेशी पर्यटकले थपेकोे उनी बताउँछन् । नेपाली नयाँ वर्ष २०७७ सुनसान बनेको पर्यटकीय क्षेत्र अङ्ग्रेजी नयाँ वर्षमा चलायमान बनेको बताउँदै होटल व्यवसायी बकेँ भन्छन्, “रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा त झन पर्यटक खचाखच हुने गर्थे कोरोनाको बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेको पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।”

    रानीकोटमा रु १६ करोडको लागतमा भिलेज हाइल्याण्ड रिसोर्ट होटल सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नुपरे पनि अहिले भने पुनःआशा जगाएको बकेँले बताए । आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनुपरेको भन्दै उनले आज पनि होटलमा आन्तरिक पर्यटकले भरिएको बताए । कोरोनाका कारण गत चैतदेखि नै बन्द रहेका नगरकोटका सानादेखि ठूला होटल धमाधम खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटल नयाँ वर्ष २०७७ मा पहिलो पटक खाली भए पनि अङ्ग्रेजी नयाँ वर्ष २०२१ मा भने विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमन राम्रो रहेको नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउँछन् ।

    “मैले होटल क्षेत्रमा काम गरेको २० वर्ष बढी भयो तर यसरी होटल सुनसान भएको पहिलो पटक हो, हरेक नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे”, उनी भन्छन्, “तर यस वर्ष नेपाली नयाँ वर्षमा सुनसान रहे पनि अङ्ग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।”

    उनले अधिकांश होटलमा ६५ प्रतिशत आन्तरिक पर्यटकको आगमन भएको बताए । नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकले खचाखच हुने नगरकोट यस वर्ष स्वदेशी पर्यटकको आगमन राम्रो रहेको बताए । कोरोना भाइरसका कारण अधिकांश होटलका कामदार घर फर्किएका र होटल बन्द भएपनि पर्यटन व्यवसाय पुनः चलायमान हुने देखिएपछि होटल पुनः सञ्चालनमा आएको बताए । सन् २०२० को अन्तिम दिनलाई बिदाइ गर्ने र २०२१ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यस वर्ष विदेशी पर्यटक नभएर खल्लो भए पनि स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको उनले बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं :…

    विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

    नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑