• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

      गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

      गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन’

      नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

      लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

      कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

      देश ठुलो संकटतर्फ उन्मुख भएको संकेत देखिँदैछ: डा. बाबुराम भट्टराई

      इनम प्रकरण र न्यायालयको दुरावस्था 

      सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

      २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

      फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

      कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

      काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही

      वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

      हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

    होमपेज /  पर्यटन

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ बैशाख १४, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२३ पटक पढिएको
  • चितवन । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किँदै थियो ।

    क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ । होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुबिधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन् । अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए । अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन् । उनले भने, “अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो ।” सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ आएका थिए । तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन् ।

    कोभिडका कारण दैनिक रु ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उनी बताउँछन् । अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथ्यो । अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ ।

    हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन् । उनले भने, “मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो ।” हाल सौराहा सुनसान हुँदै गएको छ । अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सी रहेको छ । “अब मजदूरलाई के गर्ने रु ऋण कसरी तिर्ने रु सबैको चिन्ता यही छ ।” उनले भने ।

    यूनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुईवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेका लागि तय भएको अन्तरराष्ट्रिय क्लबको कार्यशाला पनि रद्द भएको छ । उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए । उनले भने, “कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ ।”

    सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौं लगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो । कोरोनाको कहरले यसलाई पनि असर गरेको छ । भारतसमेत विवाहका लागि सौराहा आउने क्रम शुरु भएको थियो । जङ्गल क्राउनका सन्तोष गिरीले बुकिङ भएको विवाह पनि स्थगित भएको जानकारी दिए ।

    क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्छन् । सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरि कोरोना बढेपछि प्रभावित भएको उनको भनाइ छ । उनले भने, “सबै बुकिङ रद्द भए । हाम्रो उत्साह हराएर गयो ।” कोभिडको प्रभावसँगै आन्तरिक क पर्यटकलाई लक्षित गरी आफूले व्यवसाय पूर्ववत् अवस्थामा पुर्याएको बताइएको छ ।

    व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन् । ती होटलमा छ हजारभन्दा बढी बस्न सक्ने क्षमता रहेको छ । सौराहाको पर्यटन व्यवसायमा मात्र रु ३३ अर्बभन्दा बढिको लगानी भएको व्यवसायी बताउँछन् । यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने उनी बताउँछन् । कोरोनाको प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ । अन्य गतिविधि पनि क्रमश प्रभावित हुँदै गएका छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सेम्टेम्बरमा भित्रिए ८८ हजार २४८ पयर्टक

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन,…

    गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

    गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस…

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आर्थिक

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑