• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आन्तरिक उडानको भाडा बढ्यो

      अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट बहुमतले पारित

      नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी, ‘सार्वजनिक हितको कामलाई अतिरञ्जित गरियो’

      मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

      अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

      शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

      बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

      ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने

      समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

      रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

      सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

      vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

      सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

      प्रधानमन्त्रीसँग रास्वपाका सुदूरपश्चिमका सांसदको भेट, विकास आयोजना र स्थानीय समस्याबारे छलफल

      भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

    होमपेज /  समाज

    नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण २९, बुधबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३१४ पटक पढिएको
  • काठमाडौं,  साउन २९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा बुधबार प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी समाजको चाहना अनुसार परिवर्तित भई अगाडि बढेको सन्दर्भमा कलाकारिता, लेखरचना मार्फत सोही अनुरुपको सन्देश जनसमक्ष पुर्‍याउन चलचित्रकर्मीहरुले साथ दिनुपर्ने बताउनुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा समेत प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको चर्चा गर्दै उहाँले सुरक्षा जस्तो संवेदनशील विषयमा समाजलाई राम्रो बनाउन सबै क्षेत्रबाट समन्वयात्मक पहल हुनुपर्नेमा जोड दिनुभयो ।

    समाजका प्रवुद्ध वर्ग, सामाजिक अभियन्तासँग कार्यक्रम राखेर अगाडि बढ्ने चाहना अनुरुप अन्तरक्रिया गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अन्तरक्रियाबाट आएका सुझावलाई तत्काल सुधार गर्न सुरू गरिने बताउनुभयो । यसका लागि सबैको साथ, सहयोग र समन्वय आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो ।

    समाजमा प्रहरीको भूमिका उत्कृष्ट बनाउने अभियानका साथ नयाँ अवधारणा सहित ल्याइएको समुदाय-प्रहरी साझेदारी कार्यक्रमले सम्बद्ध विषयवस्तुलाई गम्भीरताका साथ उठाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रमका विषयवस्तु कार्यान्वयनमा आफ्नो क्षेत्रबाट सहयोग गर्न चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभयो । सुशासनको पहरेदार प्रहरीको भूमिकालाई सकारात्मक रुपमा प्रस्तुत भईदिए समाज परिर्वतनमा समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    उक्त अवसरमा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई संघकोतर्फबाट लिखित सुझाव हस्तान्तरण गर्नुभयो । उहाँले नेपाल प्रहरीलाई संघले आवश्यक सहयोग गर्दै आएको चर्चा गर्दै आगामी दिनमा आवश्यक सहयोग र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । चलचित्रमा नेपाल प्रहरीको भूमिका सन्दर्भमा देखिएका समस्या समाधानतर्फ राज्य र प्रहरी प्रशासनले आवश्यक पहल गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले नेपाल चलचित्र उद्योगसँग नेपाल प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामाजिक दायित्वबोध कमी भएको कारण निस्कने अप्ठ्यारो न्यून गर्न सहयोग पुर्‍याउने यस्ता अन्तरक्रियाले निरन्तरता पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै वरिष्ठ कलाकार शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा अध्ययन गर्न प्रहरीकै विज्ञ हुनुपर्ने बताउनुभयो । समस्या समाधान गर्न लामो विवेचना र विश्लेषण आवश्यक पर्ने भएकोले यसतर्फ आवश्यक समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अन्तरक्रियाका वुँदाहरुबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिहरु उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कनपूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा छलफल भएको थियो ।

    कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, नेपाल निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गितकार संघ नेपाल, नेपाल चलचित्र द्वन्द्व संघ, टेलिभिजन कलाकर्मी मञ्च लगायत संस्थाका पदाधिकारीहरू, चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आन्तरिक उडानको भाडा बढ्यो

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी,…

    मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    आर्थिक

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑