सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २० । चार केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेको छ ।
विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले हङकङबाट आएको ड्रागन एयरको के ए १०४ जहाजका यात्रु २३ वर्षीया लि निङसिङ पक्राउ परेको पुष्टि गरेका छन् । उनले भने, ‘आइतबार राति १० बजेर ५० मिनेटमा उनले ल्याएको लगेजमा खैरो कपडाले बेरेर राखेको सुन एक्सेरमा शंका लागेर फेरि जाँच गर्दा फेला पारेका हौं।’
ठाकुरले उनलाई राति नै प्रहरी कार्यालय कोटेश्वरमा राखिएको जानकारी दिए। ठाकुरको भनाइ अनुसार उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ। बजार मूल्यअनुसार बरामद सुनको मूल्य करिब सवा २ करोड रुपैयाँ पर्छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा