• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट बहुमतले पारित

      नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी, ‘सार्वजनिक हितको कामलाई अतिरञ्जित गरियो’

      मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

      अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

      शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

      बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

      ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने

      समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

      रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

      सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

      vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

      सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

      प्रधानमन्त्रीसँग रास्वपाका सुदूरपश्चिमका सांसदको भेट, विकास आयोजना र स्थानीय समस्याबारे छलफल

      भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

      खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी बल

    होमपेज /  समाज

    ग्यारेजमा थन्किए घुम्ती शौचालय

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण १९, आईतबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २९१ पटक पढिएको
  • बाँके, साउन १९ । नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ ।

    यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी) को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् ।

    करीब तीन महीना चोक-चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु नै नआएको भन्दै ती शौचालय जिल्ला समन्वय समिति, बाँकेको सवारी पार्किङमा थन्क्याइएको छ ।

    खुला शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले चार वटा घुम्ती शौचालय त्रिभुवनचोक, धम्बोझीचोक, विपीचोक, पुष्पलालचोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो ।

    ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपथ्र्यो । तर शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैँले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् ।

    सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका छन् । उपयोग हुने÷नहुने अवस्थाका बारेमा अध्ययन नै नगरेर खरीद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि स्थानीयवासीले गुनासो गरेका छन् ।

    बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरीद गरेको थियो ।

    “चोकमा मानिस शौच गर्न नपाएर पैदलयात्री शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु राम्रो नभएको नेपालगञ्ज–१ धम्बोझीका मनिराम शर्माले बताए ।

    उपमहानगरपालिका–१ कै पद्मा कार्कीले यहाँका चोकमा सार्वजनिक शौचालय नहुँदा कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा भएको बताए ।

    सञ्चालनमा ल्याइएका शौचालयबाट सङ्कलित मलमूत्रलाई प्राङ्गरिक मल बनाएर प्रयोग गर्ने उपमहानगरपालिकाको योजना बीचमै अलपत्र परेको छ ।

    उपमहानगरले तीन महीनाका लागि शौचालय सञ्चालन गर्न रु ७० हजारमा सरसफाइकर्मी भानु भट्टलाई जिम्मेवारी दिएको थियो । सञ्चालन खर्चका लागि ग्राहकसँग पिसाब गरेवापत रु पाँच र दिसा गरेवापत रु १० शुल्क लिइँदै आए पनि ग्राहकले पैसा तिर्न नमान्दा शौचालय बन्द गर्नुपरेको भट्टले बताए ।

    शौचालय नहुँदा नेपालगञ्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको बर्दियाबाट नेपालगञ्ज आएका पदमसिंह थापाले बताए । सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी व्यहोर्नुपरेको उनको भनाइ छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने उपयोगविहीन भएर शौचालय नथन्क्याएको दाबी गरे । “पैसा नतिर्ने समस्या देखिएकै हो । तर त्यही कारणले थन्क्याउनुपरेको भने होइन”, प्याकुरेलले भने, “अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौ ।”

    सार्वजनिक कार्यक्रमका साथै नेपालगञ्ज भन्सार, बसपार्कजस्ता क्षेत्रमा घुम्ती शौचालय राख्ने तयारी छ । नेपालगञ्ज बजारमा अहिले पनि ११ सार्वजनिक शौचालय छन् । तीमध्ये चार मात्रै प्रयोगमा छन् । भएका सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले एकै पटकमा छ जनाले शौच गर्न मिल्ने गरी घुम्ती शौचालय खरीद गरेर थालनी गरेको नयाँ काम पनि बीचमै अलपत्र परेको छ । रासस

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आन्तरिक उडानको भाडा बढ्यो

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी,…

    मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    आर्थिक

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑