सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को ४३ औ प्रतिस्पर्धामा पाँच पटकको च्याम्पियन ब्राजीलले सर्बियालाई २–० ले हराउदै अन्तिम १६ मा आफनो स्थान पक्का गरेको छ । ग्रुप ई अन्तर्गत बुधबार स्पार्टक स्टेडियमा भएको खेलमा ब्राजीलको तर्फबाट पहिलो गोल पालिन्होले ३५ औ मिनेटमा र दोस्रो गोल ६८ औ मिनेटमा थियागो सिल्वाले गरेका हुन् ।
यो जितसँगै ब्राजील ग्रुप ई अन्तर्गतको अंक तालिकामा ७ अंकसँगै सबैभन्दा माथि रह्यो जबकि स्विजरल्याण्ड ५ अंकसँगै दोस्रो स्थानम पर्न सफल भयो । भने सर्बिया ३ अंकसहित तेस्रो र कोस्टारिका १ अंकसहित सबैभन्दा पुछरमा परयो ।
यो विश्वकपमा ब्राजीलको खेल त्यती राम्रो भने रहेन यद्यपी, यो भन्दा पहिला विश्वकप तयारीको दौरान उसले २१ म्याचमा केबल १ म्याच मात्र हारेको थियो । कुल ४७ गोल हानेको थियो भने केबल पाँच गोल उसले खाएको थियो । यो खेलमा सर्बियाका तिन खेलाडी मैटिक, मित्रोविक, लज्जिकले य कार्ड पाए भने ब्राजीलको टिम भने एल्लो कार्डबाट बचेको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा