सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, मंसिर २३ । गुल्मीमा एमाले नेता खडग केसी विजयीगुल्मी– गुल्मीको प्रतिनिधिसभा २ अन्तर्गत पर्ने प्रदेशसभा निर्वाचन–१ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रमा वाम गठबन्धनका एमालेका उम्मेद्वार खडग केसी विजयी भएका हुन् ।
उनले नेपाली काँग्रेसका उम्मेदवार शालिक पन्थीलाई ४ हजार ४ सय ९२ को अन्तरले हराउँदै विजयी भएका हुन् । मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ६ वटा वडा मिलाएर बनाइएको प्रदेशसभामा ठुलो मत अन्तरले केसी विजयी भएका छन् ।
केसीले १६ हजार १ सय ६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका छन् । रासस
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा