• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

    होमपेज /  राजनीती

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १७, आईतबार (४६ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छन् ।

    उनले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले पनि भोग्नुपरेको बताए ।

    उनले नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकसमेत आगजनीबाट नष्ट भएको उल्लेख गरे ।

    उनले भने, ‘जेनजी आन्दोलनमा निकै नै महत्वपूर्ण दस्तावेजहरू जलाइए, विभिन्न नेताहरूका घरहरू जलाइए, सरकारका विभिन्न भवनहरू जलाइए । यसरी विनाशलीला नै रचाउने काम भयो । यसको असर यो प्रतिष्ठानले पनि भोग्नुपर्याे। सबैभन्दा दुःखद कुरा भनेको प्रतिष्ठानसँग रहेको सामग्री पनि नष्ट हुनु हो । त्यसपछि नेकपा एमालेसँग भएको पुस्तकालय र पुस्तकालयमा रहेका अत्यन्तै बहुमूल्य पुस्तकहरू पनि सबै जलाइए ।’

    माधव नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्ताले इतिहास र त्यसमा योगदान दिने व्यक्तित्वलाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद विषय भएको उनको भनाइ थियो ।

    उनले भने, ‘मुलुकको राजनीतिमा, मुलुकको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, हाम्रो आजको सान र मानलाई अगाडि बढाउने ती योद्धाहरूलाई हामी सबैले सम्मान गर्नुपर्छ । जुन देशमा नयाँ पुस्ताहरूले पुरानो पुस्ताको सम्मान गर्न सक्दैनन्, इतिहासमा महत्वपूर्ण योगदान गर्ने को हुन्, को होइनन् भन्ने कुरा बुझ्न पनि सक्दैनन्, तिनीहरूको कदर पनि गर्न जान्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरू केही हुन सक्दैन ।’

    उनले समाजमा बढ्दो हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै अरूको घर, सम्पत्ति तथा परिवारमाथि हुने हिंसाको पीडा आफूलाई परेको भए कस्तो हुन्थ्यो भन्ने सोच्न आवश्यक रहेको बताए । समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले भने, ‘हामीले कस्तो पुस्ता जन्माएका छौं? कस्तो पुस्ता हुर्काएका छौं? कस्तो संस्कार दिएका छौं? कस्तो संस्कृति सिकाएका छौं? यो आफैंलाई पनि सोध्न मन लाग्छ । हामी सबैले आफूले आफैंलाई सोधौं । आत्ममन्थन गरौं । वास्तवमा ठीक कति भयो? बेठीक कति भयो? अरूको घर जलाउनेले सम्झिऊन्, उनीहरूको आफ्नै घर जलेको भए के हुन्थ्यो? अरूको परिवारमाथि हातपात गर्ने कामहरू भए, जलाउने कामहरू भए, हात काट्नुपर्ने स्थिति बन्यो, त्यही आफ्नै परिवारका सदस्यहरूमाथि भएको भए के हुन्थ्यो? यति पनि सोच्न नसक्ने हो भने के भन्नु मैले ।’

    उनले सबैलाई आत्ममन्थन गर्दै सही र गलत कार्यको समीक्षा गर्न तथा हिंसा र विनाशको संस्कृतिबाट टाढा रहन आग्रह गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

    तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

    पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

    कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

    कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का…

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर…

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑