सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक १८, भारतीय व्यवसायी तथा विश्वका छत्तीस औं धनि मुकेश अम्बानी एसियाकै सबैभन्दा धनाढय ब्यक्ति सुचीमा परेका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी ४२ दशमलव १ अर्ब अमेरिकी डलर सम्पत्तिसहित एसियाकै सबैभन्दा धनाढय बनेका हुन् ।
अमेरिकी अखबार ‘फोर्ब्स’ अनुसार उनले चीनका हुई का यानलाई उछिन्नेका छन् । यानको कुल सम्पत्ति ४० दशमलव ६ अर्ब डलर छ । अम्बानी एसियाको सबैभन्दा ठूलो धनाढय बन्नुको कारणचाहिँ बुधबार चिनियाँ अर्बपति यानको सम्पत्तिमा १ दशमलव २८ अर्ब डलर कमी आउनु हो । ‘फोब्र्स’ को रियल टाइम बिलिनियर्स सूचीका अनुसार अम्बानीको व्यक्तिगत कुल सम्पत्ति ४६ दशमलव ६ करोड डलर पुगेको छ । उनलाई आरआईएलको स्टक्समा वृद्धि भएपछि फाइदा प्राप्त भएको हो, जुन बुधबार १ दशमलव २२ प्रतिशत बढेको थियो ।
अक्टोबर २४ मा पहिलो पटक एनएसईमा कम्पनीको बजार मूल्य ६ लाख करोडलाई पनि पार गरेको थियो ।
चीनको एभरग्रान्ड समूहका अध्यक्ष यानको सम्पत्ति १ दशमलव २८ अर्ब डलर घटेर ४० दशमलव ६ पुगेको छ ।
ग्लोबल लेभलमा फोब्र्स रियल टाइम बिलिनियर्स लिस्टमा अम्बानी १४ औं नम्बरमा छन् । यो लिस्ट रियल टाइममा आधारित अर्बपतिको स्टक होल्डिङ र एसेट्सका आधारमा बनाइन्छ ।
९३.३ अर्ब डलर सहित अमेजन संस्थापक तथा सीईओ जेफ बेजोसले विल गेट्सलाई उछिन्दै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् त्यस्तै माइक्रोसफ्ट सह–संस्थापक बिल गेट्सले आफ्नो ८९.५ अर्ब डलर सहित दोस्रो धनि ब्यक्तिमा परेका छन । फेसबुक संस्थापक मार्क जुकरबर्ग ७५.८ अर्ब डलर सहित पाँचौं धनि ब्यक्तिमा पनेका छन् ।
उप्रोस अजीम प्रेमजी १९ अर्व डलरसहित भारको दोस्रो सबैभन्दा धनाढ्य ब्यक्ति बनेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा