• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

      भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

      र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड

      झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित

      ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो

      ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

      जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

      रुकुम पश्चिममा पछि परे जनार्दन

      झापा–५ : बालेनको अग्रता कायमै

      चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

    होमपेज /  पत्रपत्रिका

    नेपालमा आणविक विकिरण फैलिने खतरा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक १६, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६६ पटक पढिएको
  • काठमाडौं, कात्तिक १६ । मानव स्वास्थ्यका लागि ज्यादै घातक मानिने आणविक विकिरण नेपाली आकाशमा भए नभएको अनुगमन तथा अध्ययन गर्न सरकारले देशका विभिन्न सातवटा स्थानमा मेसिन जडान गर्न थालेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा छापेको छ ।

    एसियाली मुलुकहरू भारत, चीन, पाकिस्तान, बङ्गलादेशले आणविक भट्टी सञ्चालनमा वार्षिक ठूलो लगानी गरिरहेका बेला नेपालले भने आफ्नो वायुमण्डलमा आणविक विकिरण रहे वा नरहेको अध्ययन गर्न पहिलोपटक यो प्रयास थालेको हो।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत आणविक विकिरण अनुगमन नेटवर्क स्थापना गरी सरकारले आउँदो तीन महिनाभित्र विभिन्न सातवटा स्थानमा आणविक विकिरण अध्ययन यन्त्र जडान गर्ने भएको हो। यो कार्यका लागि सरकारलाई इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले यन्त्र उपकरण र नेपाली प्राविधिकलाई दक्ष बनाउने तालिम दिने भएको छ।

    विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार दक्षिणी, पूर्वी र पश्चिमी सिमाना नजिक ती यन्त्र स्थापना गरिनेछन्। स्थान छनोटका लागि विज्ञहरूसँग छलफल गरी टुङ्गोमा पुगिने पनि उनले बताए। सम्भवतः काठमाडौँ र पोखराबाहेक पूर्वी पहाडको ताप्लेजुङ, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा यस्तो मेसिन राखिनेछ।

    आणविक विकासमा धेरै प्रगति गरेका चीन र भारतका बीचमा नेपाल रहनुले जुनसुकै बेला पनि आणविक विकिरण फैलिनसक्ने खतराका कारण सरकारले विकिरणसम्बन्धी अनुगमन गर्न यो योजना थालनी गरेको हो।

    आणविक भट्टीमा आगलागी, विस्फोटन तथा आक्रमण हुँदा भट्टीका विकिरण हावाबाट फैलिन सक्ने, नेपालभित्रै रहेको युरेनियमका खानी पनि पहिरो, बाटोघाटो निर्माण तथा भूकम्पले फुट्नसक्ने, हावाले फैलाउनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गर्न यस्तो अनुगमन गर्नु परेको विभागका महानिर्देशक डा. शर्माले जानकारी दिए।

    मानव जीवनका लागि अत्यावश्यक खाद्यवस्तु दूध, औषधि, माछा, मासु तथा तरकारीमा प्रयोग हुने विषादीमा समेत विकिरणका मात्रा बढी हुनसक्ने भएकाले शङ्का लागेका चिज वस्तुको समेत परीक्षण गर्न प्रयोगशाला स्थापना गरिनेछ।

    महानिर्देशक डा. शर्माले भने, “अत्यधिक विषादी प्रयोग भएका अत्यावश्यक वस्तुमा समेत विकिरण हुने सम्भावना हुने र त्यस्ता वस्तु प्रयोग गर्दा मानव स्वास्थ्यका लागि ज्यादै हानिकारक हुने भएकाले शङ्का लागेका वस्तुको परीक्षण गर्न प्रयोगशालासमेत स्थापना गरिनेछ। ”

    अस्पतालमा प्रयोग हुने एक्सरे, सिटी स्क्यान लगायतका उपचारका पद्धति, कृषि तथा रसायनसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने विभिन्न विश्वविद्यालय, अध्ययन संस्थानहरूमा रहेको विकिरणको सुरक्षित भण्डारण हुन नसक्दा पनि विकिरण हावामा उड्नसक्ने भएकाले त्यस्तो संवेदनशील क्षेत्रमा पनि अनुगमन तथा अध्ययन गरिनेछ।

    उनले भने, “नेपालमा आणविक भट्टी त छैनन् तर पनि सानोसानो स्केलमा विभिन्न प्रयोजनका लागि राखिएका विकिरणहरू पनि सुरक्षित भण्डारण हुन नसक्दा हाम्रो वायुमण्डलमा आएका हुन सक्छन्। तिनको समेत अनुगमन गरेर त्यसबाट हुने असर न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने हुन्छ। ”

    मुस्ताङमा युरेनियम खानी रहेको अनुमान गरिएको छ। सो क्षेत्रलाई हाल नेपाली सेनाले सुरक्षा दिइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

    भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

    र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले…

    झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त…

    देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

    भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

    र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले…

    झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑