• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर १, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

      आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न

      बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

      रारा दुर्घटनामापरी मृत्यु भएकाको शव र दुई घाइते हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

      सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

      तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

      सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको २ लाख ६९ हजारमा आइपुग्यो

      जानकी मन्दिरबाट सुरु भयो अमरेशको मेची-महाकाली पदयात्रा, रविले गरे बिदाइ

      धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइतेको सूची सहित

      सभामुखले गरे गढीमाई मन्दिरमा दर्शन

      शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

      लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

      उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

      अन्तिम खेलमा पोखराको रोमाञ्चक जित, काठमाण्डूको क्वालिफायर सपना चकनाचुर !

      छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

    होमपेज /  मुख्य समाचार

    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।

    छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे ।

    उनले भने, ‘नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारी छ । अघिल्लो निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । उहाँहरूले सरकार चलाउने हो । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ । ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ ।’

    थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए ।

    उनले भने, ‘तपाईंले बाहिर सुन्नुहुन्छ, घेराबन्दी हुन्छ, षड्यन्त्र हुन्छ । हामी ती सबैलाई चिरेर गइहाल्छौँ, कुनै ठूलो कुरा छैन । त्यो आउँछ, जान्छ । त्यसको तागत राख्छौँ हामी । धेरै पटक आए, गए । हामी चिरेर जान्छौँ, त्यो ठूलो कुरा छैन ।’

    उनले कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए । आगामी पाँच वर्षको समय सदुपयोग हुनुपर्ने उनको भनाइ थियो ।

    उनले भने, ‘हाम्रो मुख्य चिन्ता फेरि देशले दुःख नपाओस् भन्ने हो । फेरि देशको समय खेर नजाओस् भन्ने चिन्ता हाम्रो हो । चार वर्षपछि फेरि चुनाव आउँछ, फेरि जाउँला । कहिले सरकारमा भइन्छ, कहिले बाहिर भइन्छ, केही छैन । तर देशको समय खेर नजाओस्, देशले दुःख नपाओस् । यो पाँच वर्षको समय सदुपयोग होस् भन्ने हाम्रो कुरा हो ।’

    यसैगरी, थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्र छठ मनाइने गरेको उनले बताए ।

    दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए ।

    थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही आउने र क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि जनाए । पार्टीको अधिवेशन प्रक्रिया र आगामी स्थानीय निर्वाचनको तयारीबारे बोल्दै उनले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने सोच रहेको बताए ।

    थापाका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न मुख्य राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति तय गर्ने विषयमा थप स्पष्ट हुने उनले बताए ।

    उनले निर्वाचनमा सर्लाहीका सबै पालिकामा कांग्रेसलाई एकजुट भएर परिचालन गर्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

    जानकी मन्दिरबाट सुरु भयो अमरेशको मेची-महाकाली पदयात्रा, रविले गरे बिदाइ

    सभामुखले गरे गढीमाई मन्दिरमा दर्शन

    लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

    छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब…

    आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको…

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    रारा दुर्घटनामापरी मृत्यु भएकाको शव र दुई घाइते…

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

    जानकी मन्दिरबाट सुरु भयो अमरेशको मेची-महाकाली पदयात्रा, रविले…

    सभामुखले गरे गढीमाई मन्दिरमा दर्शन

    आर्थिक

    पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

    सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको २ लाख ६९ हजारमा आइपुग्यो

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑