सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन मधेस प्रदेश पुगेका छन्। पत्नी अञ्जना केसीसहित आइतबार बिहान उनी आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका हुन्।
सर्लाही पुगेका थापाले स्थानीय छठघाटमा पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेका छन्। छठ पर्वको अवसरमा मधेस पुगेका उनी आइतबार राति वीरगञ्ज पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार थापाले सोमबार बिहान पत्नी अञ्जनासहित वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर पूजापाठ तथा दर्शन गर्नेछन्।
त्यसपछि उनले वीरगञ्जका अन्य छठघाटको समेत भ्रमण गर्ने कार्यक्रम छ। सो क्रममा व्रत बसेका व्रतालु तथा श्रद्धालुसँग भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गर्नेछन्।
सभापति थापा सोमबार साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित शनिबारदेखि जनकपुरमा छन्। लामिछानेले पनि जनकपुरमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ। उनी सोमबार काठमाडौं फर्किनेछन्।
छठ पर्वको अवसरमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मधेस प्रदेश पुगेर धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी भइरहेका छन्। छठ पर्वले तराई–मधेसको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतालाई प्रतिबिम्बित गर्दै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा