• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण

      छठ पर्व आस्था, भक्ति र संगीतको संगम : संस्कृतिविद् महतो

      सन्दीप लामिछानेको ऐतिहासिक ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै अलआउट

      भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार

      वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

      भिमफेदी दुर्घट्ना : मृत्यु भएका ११ जनाको पहिचान खुल्यो

      गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त

      देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ

      बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी

      जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

      टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा

      भीमफेदी माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

      दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

      टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै, साढे ३ वर्ष जेल बसेर बाहिरिँदै

      नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

    होमपेज /  अन्य

    टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २७, बिहिबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वनेता टोपबहादुर रायमाझी रिहा भएका छन् ।

    ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत कैद छुट पाएसँगै उनी बिहीबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

    रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै डिल्लीबजार कारागारलाई पत्राचार गरेको थियो । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले उनको कैद अवधि पुनः गणना गरी संशोधित कैदीपुर्जी कारागारमा पठाएको थियो ।

    डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले पनि अदालतबाट तिहारअघि नै रायमाझीलाई रिहा गर्न पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार उनको कैद अवधि पूरा हुने भएकाले रिहा गरिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । त्यसयता उनी डिल्लीबजार कारागारमा रहँदै आएका थिए ।

    ज्येष्ठ नागरिकलाई कैद छुटको कानुनी व्यवस्था

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई उमेरअनुसार कैद सजायमा छुट दिन सकिने व्यवस्था छ ।

    उक्त व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकले २५ प्रतिशतसम्म कैद छुट पाउन सक्छन् । यही कानुनी व्यवस्थाको सुविधा प्रयोग गर्दै रायमाझीको कैद सजाय घटाइएको हो ।

    चार वर्ष कैद सजाय सुनाइएका रायमाझीले २५ प्रतिशत छुट पाएपछि कायम भएको कैद अवधि पूरा गरेका कारण कारागारबाट रिहा भएका हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली राजनीतिमा चर्चित भ्रष्टाचार तथा संगठित अपराधका घटनामध्ये एक हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउँदै रकम असुलिएको यस प्रकरणमा राजनीतिक तथा प्रशासनिक क्षेत्रका विभिन्न व्यक्तिहरू मुछिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    छठ पर्व आस्था, भक्ति र संगीतको संगम : संस्कृतिविद् महतो

    भीमफेदी माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

    टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै, साढे ३ वर्ष जेल बसेर बाहिरिँदै

    ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

    तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

    महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि–निकिताले जनकपुरमा पार्टी सदस्य नभएको सामान्य ब्यक्तिको घरमा…

    ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा…

    छठ पर्व आस्था, भक्ति र संगीतको संगम :…

    सन्दीप लामिछानेको ऐतिहासिक ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२…

    रवि–निकिताले जनकपुरमा पार्टी सदस्य नभएको सामान्य ब्यक्तिको घरमा…

    गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त

    बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै…

    नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑