• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ४, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

      कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

      सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

      महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिर (फाेटाेफिचर)

      रुपन्देहीमा एक महिनामा १३२ अपराधका मुद्दा दर्ता

      फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

      बडादशैंको रौनक : ऐतिहासिक पाल्ही भगवती मन्दिरमा भक्तजनको घुइँचो

      राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

      एनपीएलमा डीआरएसकाे प्रयोग हुने

      बझाङमा सुर्मादेवी मेलाको तयारी हुँदै

      वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य

      महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

      हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

      नवरात्रको अन्तिम दिनः आज महानवमी मनाइँदै

      अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

    होमपेज /  विश्व

    पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ४, मंगलबार (५५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्।

    उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे ।

    सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए।

    सीमा नियन्त्रण कडा पार्न र आफूले अपराधी भनेर वर्णन गरेका व्यक्तिहरूलाई देशबाट निष्कासन गर्न असफल भए युरोपेली देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिए।

    ‘फ्रान्समा जे भइरहेको छ, त्यो अत्यन्त दुःखद अवस्था हो। किनभने त्यहाँ भइरहेको घटनाको सम्बन्ध आप्रवासनसँग छ, विद्यालयसँग होइन, अरू कुनै कुरासँग होइन। यो आप्रवासनकै विषय हो,’ ट्रम्पले भने।

    उनले थपे कि फ्रान्समा थप अशान्ति हुन नदिन आफूले यसअघि नै राष्ट्रपति म्याक्रोंलाई देशको सीमा बन्द गर्न सल्लाह दिएका थिए।

    ‘मैले राष्ट्रपति म्याक्रोंलाई आफ्नो सीमा बन्द गर्न भनेको थिएँ। पहिलो कार्यकालमा, वर्षौँअघि उहाँलाई पहिलो पटक भेट्दा नै यस्तो भनेको थिएँ। आफ्नो सीमा बन्द गर्नुहोस्, नत्र तपाईंले समस्याबाहेक केही पाउनुहुने छैन। अहिले उनीहरूले धेरै समस्या भोगिरहेका छन्। उनीहरूले आफ्नो देशलाई माया नगर्ने, त्यहाँका भवन र कलालाई माया नगर्ने मानिसहरूलाई देशभित्र प्रवेश गर्न दिएका छन्,’ ट्रम्पले भने।

    म्याक्रोंसँगको आफ्नो सम्बन्धबारे उल्लेख गर्दै ट्रम्पले फ्रान्सेली राष्ट्रपति आफ्नो मित्र भएको तर विश्वभरका मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिएर उनले गल्ती गरेको बताए।

    ‘इमानुएल मेरा मित्र हुन्। मैले उनलाई धेरै पहिले नै फ्रान्समा ठूलो गल्ती गरिरहनुभएको छ भनेको थिएँ। तपाईंले संसारभरका सबै मानिसलाई आउन दिइरहनुभएको छ। पूरै संसार नै आइरहेको छ,’ उनले भने।

    ‘र, तपाईंलाई थाहै छ, पेरिस चाँडै नै मुस्लिम सहर बन्नेछ। त्यो त सहमति भएको कुरा थिएन। त्यो हाम्रो सहमति थिएन। मैले इमानुएललाई आफ्नो सीमा बन्द गर्नुपर्छ भनेको थिएँ,’ ट्रम्पले थपे।

    युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले महादेशभरिका देशहरूले सीमा नियन्त्रण बलियो बनाउनुपर्ने र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई देशबाट हटाउनुपर्ने चेतावनी दिए।

    फ्रान्स, इटाली र अन्य युरोपेली देशहरूमा भइरहेको अशान्तिको उदाहरण दिँदै ट्रम्पले आप्रवासनप्रतिको आफ्नो आलोचना दोहोर्याए।

    फ्रान्समा निरन्तर अशान्ति भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। हिंसात्मक घटना र लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले विभिन्न क्षेत्रमा रातिको समयमा आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेका छन्।

    बोर्दो सहरको केन्द्रमा सप्ताहन्तमा व्यापक लुटपाट र हिंसा भएपछि स्थानीय अधिकारीहरूले साथमा अभिभावक नभएका नाबालिगहरूका लागि एक सातासम्म रातिको कफ्र्यु लगाउने घोषणा गरेका छन्।(एएनआइ)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

    फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड…

    कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने…

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑