• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  विश्व

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २, आईतबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४७ पटक पढिएको
  • एजेन्सी । फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ ।

    प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ ।

    लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्।

    शनिबार दिनभर भएको प्रदर्शनका क्रममा देशभरबाट चारसय बढीलाई पक्राउ गरेको छ। प्रर्दशनमा धेरैजसो युवाहरु सहभागि छन् ।

    फ्रान्समा भइरहेको प्रदर्शनबारे अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले फ्रान्समा भइरहेका विद्यार्थी नेतृत्वका प्रदर्शनको कारण आप्रवासनलाई दोष दिएका छन् ।

    शिक्षा क्षेत्रमा बजेट कटौती र विद्यालयहरूको ‘दयनीय’ अवस्थाको विरोधमा भइरहेका प्रदर्शन जारी रहँदा उनले यस्तो टिप्पणी गरेका हुन्।

    भान्सले भने, ‘पश्चिमा उदारवादीहरूले विविधता र करुणाको नाममा तेस्रो विश्वका मानिसहरूलाई फ्रान्स र अन्य देशहरूमा भित्र्याए। उनीहरूले समायोजन र सांस्कृतिक अनुकूलतासम्बन्धी आधारभूत प्रश्नहरूलाई बेवास्ता गरे। यसले यस्तो अवस्था निम्त्याउनेछ भनेर उनीहरूलाई चेतावनी दिइएको थियो, तर उनीहरूले सुनेनन्। सुन्दर देश फ्रान्सले आफ्ना थप ऐतिहासिक धरोहरहरू जल्नुअघि नै यसलाई रोक्नुपर्छ । साथै, अमेरिकीहरूले पनि यसबाट पाठ सिक्नुपर्छ ।’

    यता, फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पूर्व ‘येलो भेस्ट’ आन्दोलनका अगुवाहरू उच्च माध्यमिक तहका विद्यार्थीहरूको समर्थनमा प्रदर्शनमा सहभागी हुने तयारीमा छन्।

    सन् २०१८ मा फ्रान्समा सुरु भएको ‘येलो भेस्ट’ आन्दोलनले इन्धनको मूल्यवृद्धि र आर्थिक असमानताको विरोधमा हजारौँ मानिसलाई सडकमा उतारेको थियो।

    त्यसबेला प्रदर्शनकारीहरूमाथि प्रहरीले रबरका गोली प्रहार गरेको थियो। झडपमा २,५०० भन्दा बढी प्रदर्शनकारी र १,८०० प्रहरी कर्मचारी घाइते भएका थिए।

    फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले फ्रान्स २४ सँग कुरा गर्दै क्रयशक्ति घट्दै गएको विरोधमा भएका प्रदर्शनमा ५ लाख ५० हजार मानिस सहभागी भएको बताए।

    उनका अनुसार राजधानी पेरिसमा मात्रै १ लाख १० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको पनि उनले बताए।

    फ्रान्स २४ को रिपोर्टअनुसार, इन्धनको मूल्यवृद्धिको विरोधमा देशभर प्रदर्शन गर्ने योजना बनाइएको छ, जसलाई वामपन्थी पक्षले समर्थन गरेको छ। तर, ‘येलो भेस्ट’ आन्दोलनका कार्यकर्ताहरूले सुरुमा ती प्रदर्शनमा आफ्नो संलग्नता रहेको भन्ने कुरालाई अस्वीकार गरेका थिए।

    रोड्रिगेजले भने,‘अक्टोबर १७ का प्रदर्शनको पछाडि कुनै पनि ‘येलो भेस्ट’ थिएन। अहिले मानिसहरूले इन्धन र असन्तुष्टिका विषयमा कुरा गर्नासाथ उनीहरूलाई तुरुन्तै ‘येलो भेस्ट’ भनेर चिनाउन थालिन्छ। यो एउटा ब्रान्डजस्तै बनेको छ।’

    यद्यपि, अर्की अभियन्ता सोफी टिसियरले सन् २०१८ को आन्दोलन र अहिले भइरहेको विरोध प्रदर्शनबीच समानता रहेको बताइन्।

    उनले भनिन्, ‘यो आन्दोलन पूर्ण रूपमा जायज छ। फ्रान्सेली जनता थाकिसकेका छन्।’

    अभियन्ता रोड्रिगेजले पनि सन् २०१८ को आन्दोलनमा सहभागीहरूको असन्तुष्टि अझै बाँकी रहेको उल्लेख गर्दै भनिन्,‘येलो भेस्टका रूपमा हामीले त्यो संघर्ष पूरा गर्न नसकेको निराशा अझै बोकेका छौँ। सायद हामी नयाँ जनआन्दोलनको लहरको प्रतीक्षामा थियौँ, जसमा सहभागी भएर हामीले सुरु गरेको संघर्ष पूरा गर्न सकौँ।’

    यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जारी प्रदर्शनका क्रममा भएको हिंसाप्रति कडा प्रतिक्रिया जनाएका छन्। पछिल्ला केही सातादेखि मुख्यतः विद्यार्थीहरूले विद्यालयको ‘दयनीय’ अवस्था र प्रहरीको अत्यधिक बल प्रयोगको विरोधमा हिंसात्मक प्रदर्शन गर्दै आएका छन्।

    म्याक्रोंले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै तोडफोड र लुटपाटमा संलग्न प्रदर्शनकारीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ‘अराजकता फैलाउनेहरू’ विरुद्ध एकजुट हुन पनि आह्वान गरेका छन्।

    उनले लेखेका छन्, ‘हाम्रो गणतन्त्रमा हिंसाका लागि कुनै ठाउँ छैन। सरकारी प्रशासनिक कार्यालयहरूमा तोडफोड गर्ने, आक्रमण गर्ने, व्यवसायमा क्षति पु¥याउने र नगरपालिकाका कार्यालयहरूसमेत लुटपाट गर्नेहरूलाई कानुनी प्रक्रियामार्फत कारबाही गरी सजाय दिइनेछ । प्रदर्शन गर्ने अधिकारको रक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीहरूप्रति समर्थन व्यक्त गर्दछु। हामी सबै मिलेर अराजकता फैलाउन खोज्नेहरूविरुद्ध एकजुट हुनेछौँ। उनीहरूको उद्देश्य केवल हाम्रा संस्थाहरूलाई कमजोर बनाउनु र शान्तिपूर्ण रूपमा आफ्ना माग राख्नेहरूलाई रोक्नु हो।’

    फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पनि बढ्दो अशान्तिको निन्दा गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्नु वैध अधिकार भएको उल्लेख गर्दै आगजनी, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण सह्य नहुने स्पष्ट पारेका छन्।

    फ्रान्स २४ का अनुसार, प्रदर्शनका क्रममा अवस्था निकै हिंसात्मक बनेको थियो। घटनामा एक प्रदर्शनकारीको हात गुमेको, विभिन्न स्थानमा आगजनी भएको र दर्जनौँ खुद्रा पसलहरू लुटपाट गरिएको थियो।

    देशभर फैलिएको यो अशान्ति पछिल्ला केही सातादेखि जारी विद्यार्थी नेतृत्वका प्रदर्शनकै निरन्तरता हो। यसले फ्रान्सको राजनीतिक संकटलाई थप गहिरो बनाएको छ। देशमा आगामी निर्वाचन हुन अब करिब छ महिना मात्रै बाँकी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

    नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

    डलर बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

    नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑