• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ४, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

      कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

      सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

      महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिर (फाेटाेफिचर)

      रुपन्देहीमा एक महिनामा १३२ अपराधका मुद्दा दर्ता

      फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

      बडादशैंको रौनक : ऐतिहासिक पाल्ही भगवती मन्दिरमा भक्तजनको घुइँचो

      राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

      एनपीएलमा डीआरएसकाे प्रयोग हुने

      बझाङमा सुर्मादेवी मेलाको तयारी हुँदै

      वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य

      महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

      हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

      नवरात्रको अन्तिम दिनः आज महानवमी मनाइँदै

      अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

    होमपेज /  विश्व

    फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ४, मंगलबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • एजेन्सी । फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ ।

    युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ ।

    दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ।

    फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ द्वारा भड्काइएको हिंसात्मक अशान्ति फैलिएपछि सोमबार साँझ केही सहरी क्षेत्रमा ‘आंशिक कफ्र्यु’ लगाउन क्षेत्रीय अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

    सो क्रममा नगरपालिकाका कार्यालयहरूमा आगजनी गरिएको छ भने सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको छ। फ्रान्स २४ ले यसबारे समाचार प्रकाशित गरेको छ।

    जारी संकटका बीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार देशभर फैलिएको प्रदर्शनका क्रममा देखिएका सुरक्षा व्यवस्थासम्बन्धी ‘कमजोरी’ को आलोचना गरेका छन्।

    तर, उनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा भने अस्वीकार गरेका छन्, फ्रान्स २४ ले जनाएको छ। हिंसात्मक घटनापछि कम्तीमा २,४०० जना पक्राउ परेका छन्।

    प्रदर्शनका क्रममा नगरपालिकाका कार्यालयहरूमा आगजनी हुनुका साथै सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट वा तोडफोड भएको थियो।

    ‘गृहमन्त्रीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको थियो,’ एलिजे दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यस्तो समयमा कानुन कार्यान्वयन गर्ने निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रपतिले राजीनामा अस्वीकार गर्नुभयो।’

    म्याक्रोंले नुनेजलाई हिंसाको कारण बनेका योजना निर्माण तथा गुप्तचर सूचनासम्बन्धी कमजोरीबारे पारदर्शिता सुनिश्चित गर्न र सुरक्षा बलका लागि संकट व्यवस्थापन गर्ने नयाँ कार्यविधि लागू गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।

    सन् २०१८ मा सामाजिक अन्यायविरुद्ध सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनलाई पुनः सक्रिय बनाउने उद्देश्यले श्रमिक सङ्गठन, विद्यार्थी सङ्गठन तथा अभियन्ताहरूले आह्वान गरेपछि प्रदर्शन सुरु भएका थिए।

    अधिकारीहरूका अनुसार शनिबार भएका अधिकांश शान्तिपूर्ण जुलुसमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएका थिए भने आयोजकहरूले सहभागीको सङ्ख्या ८ लाख रहेको दाबी गरेका थिए।

    आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोंले देशव्यापी प्रदर्शनका क्रममा भएको तोडफोड र लुटपाटप्रति जनतामा उत्पन्न ‘आक्रोश’ र ‘लज्जा’ व्यक्त गरे।

    बढ्दो जीवनयापन खर्च र विद्यालयहरूको खराब अवस्थाविरुद्ध भएका प्रदर्शनका क्रममा भएको हिंसाका लागि उनले मुख्य रूपमा अतिवामपन्थी अभियन्ताहरूलाई जिम्मेवार ठह¥याए। उनले उनीहरूमाथि अराजकता फैलाउने उद्देश्यले प्रहरी र सार्वजनिक भवनहरूमा आक्रमण गरेको आरोप लगाए।

    फ्रान्सेली राष्ट्रपतिले बढ्दो इन्धन मूल्य र जीवनयापन खर्चलगायत आर्थिक समस्यालाई सम्बोधन गर्न विभिन्न उपायहरू पनि घोषणा गरे। साथै, हिंसामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले इन्धन तथा ग्यासको आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको र ती प्रयासलाई अगाडि बढाउन खाडी मुलुकहरूको भ्रमण गर्ने बताए। साथै, उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्न सकून् भन्ने उद्देश्यले इन्धन वितरकहरूसँग पनि सहकार्य गरिरहेको उनले उल्लेख गरे।

    माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो जीवनयापनको अवस्था र भविष्यको सम्भावनाबारे व्यक्त गरेका चिन्तालाई स्वीकार गर्दै राष्ट्रपतिले युवाहरूसँग समाधान खोज्न व्यवस्थित संवाद सुरु गर्ने घोषणा गरे।

    हिंसात्मक घटनाबाट प्रभावित व्यवसायहरूलाई सहयोग गर्न प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको अध्यक्षतामा संकट व्यवस्थापन इकाइ गठन गरिने म्याक्रोंले बताए। यस इकाइले प्रभावित व्यवसायहरूलाई शीघ्र सहायता उपलब्ध गराउनेछ। त्यस्तै, क्षेत्रीय प्रिफेक्टहरूले स्थानीय मेयरहरूसँग समन्वय गरी आवश्यक सुरक्षात्मक उपायहरू लागू गर्नेछन्। आवश्यक परेमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउने व्यवस्था पनि गरिनेछ।

    सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै म्याक्रोंले न्यायमन्त्रीले अभियोजनकर्ताहरूलाई यस्ता मुद्दामा ‘अत्यन्त कडाइका साथ’ अघि बढ्न निर्देशन दिएको बताए।

    फ्रान्स २४ का अनुसार विभिन्न सहरमा सार्वजनिक भवन र व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण भएका थिए। लियोनमा प्रदर्शनकारीहरूले पर्यटक सूचना केन्द्रमा आगजनी गरेका थिए भने मार्से र लिलमा नगरपालिकाका कार्यालयहरूमा जबर्जस्ती प्रवेश गरेका थिए। विशेषगरी मार्सेमा पसलहरूमा लुटपाट भएको थियो।

    छ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै म्याक्रोंले राजनीतिक समूहहरूले सडक प्रदर्शनको दुरुपयोग गर्न सक्ने चेतावनी पनि दिए। उनले राजनीतिक बहस शान्तिपूर्ण रूपमा हुनुपर्नेमा जोड दिए।

    शनिबार बढ्दो महँगीविरुद्ध देशव्यापी जुलुस भइरहेका बेला राजधानी पेरिससहित देशका विभिन्न क्षेत्रमा सुरक्षा बल र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएका थिए।

    त्यस क्रममा केही प्रसिद्ध स्थलहरूमा आगजनी गरिएको थियो भने चोरहरूले दर्जनौँ व्यापारिक प्रतिष्ठानमा जबर्जस्ती प्रवेश गरी लुटपाट गरेका थिए।

    प्रहरीले सप्ताहान्तभर २,३०० भन्दा बढी मानिसलाई पक्राउ गरेको थियो।

    यसैबीच, अमेरिकी उपविदेशमन्त्री ज्याकोब एस हेलबर्गले आफूले ‘अति–वामपन्थी राजनीतिक आतंकवाद’ को पुनरुत्थानका रूपमा व्याख्या गरेको घटनाप्रति चेतावनी दिएका छन्।

    उनले सीमापार सञ्जालहरूले विभिन्न देशमा हिंसात्मक गतिविधि समन्वय गरिरहेको आरोप लगाउँदै त्यस्ता समूहको आर्थिक स्रोत र सञ्चालन गतिविधिविरुद्ध कारबाही गर्न आह्वान गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

    कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड…

    कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने…

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑