सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २ हजार ५९५.८१ विन्दुमा पुगेको छ।
बजार सामान्य अंकले बढे पनि अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ। सोमबार बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन्।
आज कारोबारमा आएका कम्पनीमध्ये १०५ वटाको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। सात कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
सोमबार धौलागिरि लघुवित्त र स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। बजार सामान्य रूपमा उकालो लागेका बेला रिज लाइन इनर्जीको सेयर मूल्य भने झन्डै ६.५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ३५४ कम्पनीका १ करोड २७ लाख कित्ता सेयर ४ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा