सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार असोज २३ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा सम्पन्न सभाले सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सेयरधनी तथा बैंकका पदाधिकारीहरूको उपस्थिति थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बैंकले समीक्षा अवधिमा हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्य र आगामी रणनीतिबारे सेयरधनीहरूलाई जानकारी गराएका थिए।
सभामा सहभागी सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधि विस्तार, लगानीकर्ताको प्रतिफल वृद्धि तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले बैंकको पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै सबल वित्तीय संस्थाका रूपमा स्थापित गर्न सुझावसमेत दिएका थिए।
सभाले नगद लाभांश वितरणसम्बन्धी प्रस्तावसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ।
बिहान ९ बजे सुरु भएको साधारणसभा दिउँसो करिब १२ बजे सम्पन्न भएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा