सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटिटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा लुप (LOOP) नेटवर्कमा आबद्ध भएको छ। यससम्बन्धी त्रिपक्षीय सम्झौतासँगै बैंकले ग्राहकका लागि डिजिटल माध्यमबाट सहज किस्ताबन्दी (ईएमआई) र तत्काल खरिद क्रेडिट सुविधा सुरु गरेको छ।
सम्झौताअनुसार एनएमबी बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकलाई आवश्यक सामान खरिद गर्न र भुक्तानी व्यवस्थापन गर्न सहज बनाउने बैंकको विश्वास छ।
त्यस्तै, ग्राहकले आफ्नो एनएमबी डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई सहज रूपमा मासिक किस्ताबन्दी अर्थात् लुप ईएमआईमा रूपान्तरण गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई खर्च व्यवस्थापन गर्न, बजेटअनुसार खरिद गर्न र भुक्तानीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल भुक्तानी र प्रविधिमा आधारित वित्तीय सेवाको विस्तार गर्ने उद्देश्यसहित गरिएको यस सहकार्यले ग्राहकलाई खरिद प्रक्रियामै वित्तीय सुविधा उपलब्ध गराउनेछ। साथै, डिजिटल माध्यमबाट भुक्तानी तथा किस्ताबन्दीको विकल्प उपलब्ध हुँदा ग्राहकको भुक्तानी अनुभव थप सहज हुने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई प्रविधिमैत्री वित्तीय सुविधा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिँदै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा