• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

      बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति प्रदान गरियोस् : फोरएच नेपाल

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

      कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता शाही

      कीर्तिपुर अस्पताललाई काठमाडौं महानगरको एक करोड अनुदान, जलन उपचारका लागि कोष स्थापना

      ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ

      प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग

      प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण

      कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

      बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद काउँचा 

      एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

      बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

      भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

      प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

      युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

    होमपेज /  समाचार

    बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति प्रदान गरियोस् : फोरएच नेपाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २६, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच नेपालले सरकारसँग माग गरेको छ ।

    फोरएच नेपालका संस्थापक अध्यक्ष लोकराज अवस्थीले जारी गरिएको वक्तव्यमा यहीं भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोको दुई हप्ता बितिसक्दा पनि प्रभावित किसान, कृषि उत्पादन, पशुधन तथा कृषि संरचनामा भएको क्षतिको विस्तृत विवरण नआएको जनाईएको छ ।

    बाढीपहिरोका कारण रसुवा, नुवाकोट तथा धादिङका विभिन्न क्षेत्रमा किसान तथा कृषि उद्यमीहरूले खेतीयोग्य जमिन, बाली, पशुचौपाया, कृषि सामग्री तथा कृषि पूर्वाधारमा ठूलो क्षति व्यहोर्नुपरेको वक्तव्यमा जनाइएको छ ।

    तर, प्रभावित किसानको वास्तविक संख्या, क्षतिग्रस्त खेतबारी, पशुधन तथा कृषि उत्पादनको स्पष्ट विवरण सार्वजनिक नभएको र राहत तथा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको फोर एच नेपालले जनाएको छ ।

    फोरएच नेपालले भोटेकोशी बाढीबाट प्रभावित किसानको संख्या, खेतबारीमा भएको क्षति, पशुचौपायाको विवरण तथा बाढीबाट बगाइएका वा क्षतिग्रस्त दुग्ध तथा तरकारी संकलन केन्द्र, हाटबजारलगायत कृषि संरचनाको तथ्यांक तत्काल सार्वजनिक गर्न नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग माग गरेको छ ।

    अवस्थीद्धारा जारी वक्तव्यमा प्रभावित किसान तथा कृषि उद्यमीलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, क्षति भएको कृषि उत्पादन, पशुधन, सामग्री तथा पूर्वाधारको मूल्यांकन गरी हानीनोक्सानीका आधारमा क्षतिपूर्ति दिन तथा प्रभावित परिवारका लागि वैकल्पिक आयआर्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

    यसैगरी, बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुल, सडक तथा आवतजावतका मार्ग क्षतिग्रस्त वा बगाइएका कारण उक्त क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल, दूधलगायत कृषि उपज बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको फोर एचले नेपालले जनाएको छ। यातायात तथा बजार पहुँचको अभावमा कृषि उत्पादन खेर जाने अवस्था बढ्दै जाँदा किसान थप आर्थिक संकटमा परेको संस्थाको भनाइ रहेकोछ ।

    जारी वक्तव्यमा कृषि उपजको वैकल्पिक ढुवानी तथा बजारीकरणको तत्काल व्यवस्था गर्न, अस्थायी कृषि संकलन केन्द्र स्थापना गर्न तथा प्रभावित किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह तथा नेपाल सरकारसँग आग्रह गरेको छ ।

    साथै, प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि लागि नेपाल सरकार, दातृ निकाय, सामाजिक संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई सहकार्य र सहयोगका लागि फोर एच नेपालले अपिल गरेकोछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

    कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता शाही

    कीर्तिपुर अस्पताललाई काठमाडौं महानगरको एक करोड अनुदान, जलन उपचारका लागि कोष स्थापना

    ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५…

    बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको…

    कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता…

    नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑