• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

      भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

      प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

      युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

      एकैदिन तोलामा झण्डै ५ हजारले घट्यो सुन, चाँदी के भयो ?

      ‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

      जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

      चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

      सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढीपीडित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना

      आज युवाकवि मोतीराम भट्टको जन्मजयन्ती

      रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

      रसुवा भोटेकोशी बाढी : १,३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

      छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने

      सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    होमपेज /  समाचार

    युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २६, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि १ करोड ५० लाख रुपैंयाँ सहयोग उपलब्ध गराएको छ ।

    बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालित राहत अभियानमा प्रदान गरिएको हो ।

    युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । रसुवा, नुवाकोट र धादिङमा हालैको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन् ।

    कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ । यस्तो अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सामान्य जनजीवनतर्फ फर्काउन सहयोग पुर्‍याउनु राहत अभियानको प्रमुख उद्देश्य रहेको छ ।

    नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउनेछ ।

    अभियानमार्फत प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा ओछ्यान, ब्ल्याङ्केटलगायत आधारभूत सामग्री उपलब्ध गराइनेछ । त्यसैगरी विद्युत् सुविधा प्रभावित भएका क्षेत्रमा सौर्य बत्ती तथा मोबाइल फोन चार्ज गर्न आवश्यक सुविधा उपलब्ध गराउने योजना रहेको छ ।

    स्वच्छ खानेपानी तथा सरसफाइका सामग्री, अत्यावश्यक घरायसी सामग्री र औषधिलगायत स्वास्थ्य तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसमेत प्रभावित परिवारलाई उपलब्ध गराइनेछ । युएसभी फर्मास्युटिकल्सले स्वास्थ्य क्षेत्रमा कार्यरत जिम्मेवार संस्थाका रूपमा मानिसको स्वास्थ्य र जीवनस्तर सुधारमा योगदान पुर्‍याउनु आफ्नो प्रमुख दायित्व वहन गर्दै उक्त सहयोग गरेको हो ।

    स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यसँगै प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा प्रभावित समुदायको साथमा उभिनु पनि आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ ।

    युएसभी फार्माले प्राकृतिक विपत्तिका समयमा प्रभावित समुदायलाई सहयोग गर्न सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा नागरिक समाजबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।

    फार्माका अनुसार बाढीपीडितका लागि उपलब्ध गराइएको यो सहयोग कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल हो ।

    स्वास्थ्य तथा औषधि क्षेत्रमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै आएको कम्पनीले संकटका समयमा समुदायको आवश्यकताअनुसार सहयोग गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    उक्त सहयोगले तत्काल राहतको आवश्यकता रहेका परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्किन र दीर्घकालीन पुनर्लाभ तथा पुनर्निर्माणको प्रक्रियामा अघि बढ्न केही हदसम्म सहयोग पुग्ने छ ।

    युएसभी फर्मास्युटिकल्सले बाढीबाट प्रभावित सबै परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूको साथमा रहेको जनाएको छ ।

    प्रभावित समुदायको पुनर्लाभ र पुनर्निर्माणका लागि सम्बन्धित निकाय तथा संस्थाहरूले गरिरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

    भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

    प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

    एकैदिन तोलामा झण्डै ५ हजारले घट्यो सुन, चाँदी के भयो ?

    जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

    चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन…

    भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात…

    प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

    युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५०…

    नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑