सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको तथा नागरिकको दैनिक जीवनसमेत प्रभावित बनेको भन्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।
यसैबीच, सिटी एक्सप्रेसले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा आफन्तलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको जनाएको छ। उक्त निर्णय बाढी आएको दिनदेखि नै लागू गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनस्र्थापनाको कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा विस्तार गर्दै आएको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा