सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।
विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकम पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै विशेष सुविधा लागू गरिएको कम्पनीले जनाएको छ।
सिटी एक्सप्रेसका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायत खाडी मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क लाग्ने छैन।
त्यसैगरी जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ। युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सबाट पठाइने रेमिट्यान्समा समेत सेवा शुल्क मिनाहा गरिएको छ।
ओसनिया क्षेत्रको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा लागू गरिएको हो।
कम्पनीले यसबाट विदेशमा रहेका नेपालीलाई बाढीपहिरो प्रभावित परिवार तथा समुदायलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरेको छ। सेवा तत्काल प्रभावकारी रूपमा लागू गरिएको जनाउँदै सिटी एक्सप्रेसले विपद्को समयमा आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न विदेशमा रहेका नेपालीलाई उक्त सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।
सिटी एक्सप्रेसले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज, सुरक्षित र भरपर्दो रूपमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा