सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ।
यसअघि आइतबार पनि सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको थियो। आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबार पनि चाँदीको यही मूल्य कायम थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा