• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत

      सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

      बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम छ : सांसद खनाल

      वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

      मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

      बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ

      गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याइयोस् : सांसद तामाङ

      मन्त्री र सांसदहरुलाई रमिता नदेखाउन सभापति रवि लामिछानेको निर्देशन

      सांसद सिद्धिकीको अभिव्यक्तिप्रति आशिका तामाङको नियमापत्ति

      गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

      कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

      प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

      ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ

      भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

      प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं : रवि लामिछाने

    होमपेज /  समाचार

    मन्त्री र सांसदहरुलाई रमिता नदेखाउन सभापति रवि लामिछानेको निर्देशन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ८ मिनेट
  • २७ पटक पढिएको
  • सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदलाई संसद् तथा सार्वजनिक गतिविधिमा मर्यादित र जिम्मेवार बन्न निर्देशन दिएका छन्।

    संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले तत्काल मन्त्री हेरफेर गर्ने कुनै तयारी नरहेको स्पष्ट पारे। मन्त्री तथा मन्त्रालयका कामकारबाहीमा प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै त्यसलाई अस्वाभाविक रूपमा लिन नहुने उनको भनाइ थियो।

    ‘कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा १÷२ वटा वा ४÷५ वटा काममा प्रश्न आउनु स्वाभाविक हो। रास्वपाभित्र हामी आफैँ पनि प्रश्न गर्ने गर्छौं,’ उनले भने, ‘मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन।’

    लामिछानेले बुधबारको छलफललाई औपचारिक संसदीय दलको बैठक नभई सभापतिले सांसदहरूसँग गरेको आन्तरिक छलफल भएको बताए। औपचारिक दलको बैठक भने पछि बस्ने उनले जानकारी दिए।

    बैठकमा संसद्मा पार्टीका सांसद र मन्त्रीहरूको भूमिकाबारे छलफल भएको थियो। संसद्मा मर्यादित ढंगले प्रस्तुत हुने र जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा छलफल भएको लामिछानेले बताए।

    सांसद र मन्त्रीलाई गतिविधि पारदर्शी बनाउन निर्देशन

    बैठकका क्रममा लामिछानेले कतिपय सांसदले संसद्मा बोल्ने विषयबारे संसदीय दललाई जानकारी नगराउने गरेको तथा मन्त्रीहरूले समेत संसद् र बाहिरका गतिविधिबारे पार्टीलाई जानकारी नदिने गरेको भन्दै असन्तुष्टि जनाए।

    उनले सांसद र मन्त्री दुवैलाई आफ्ना गतिविधि पारदर्शी बनाउन तथा पार्टीसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिए।

    ‘कतिपय सांसदहरूले प्रतिनिधिसभामा बोल्दा संसदीय दललाई नै जानकारी नगराएको भेटिएको छ। मन्त्रीहरूले समेत सदन र बाहिरका गतिविधिबारे पार्टीलाई जानकारी गराउने गरेका छैनन्,’ उनले भने, ‘सांसद र मन्त्री दुवैले यस्ता गतिविधि सच्याउनुपर्छ।’

    लामिछानेले मन्त्री तथा सांसदलाई घमण्ड त्यागेर आपसी सहकार्य र संवादका माध्यमबाट काम गर्नसमेत आग्रह गरे। आफूले सबैको गतिविधि नजिकबाट नियालिरहेको भन्दै उनले कमजोरी सुधार्न निर्देशन दिए।

    ‘आरएसपी पल्स’ एपमा गतिविधि अपडेट गर्न निर्देशन

    रास्वपाले सार्वजनिक गरेको ‘आरएसपी पल्स’ एपमार्फत सांसद तथा मन्त्रीका गतिविधिको विवरण अद्यावधिक गर्न पनि लामिछानेले निर्देशन दिएका छन्।

    उनले संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधि एपमा नियमित रूपमा अपडेट गर्न भने। यसले पार्टीभित्र सांसद तथा मन्त्रीका गतिविधिबारे जानकारी र समन्वय कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

    पोसाकमा समेत मर्यादा कायम गर्न आग्रह

    लामिछानेले सांसद तथा मन्त्रीलाई पोसाक र व्यवहारमा समेत संसदीय मर्यादा कायम गर्न निर्देशन दिएका छन्। संसद् जनप्रतिनिधिहरूको सर्वोच्च औपचारिक थलो भएकाले सबैले आफ्नो प्रस्तुति र व्यवहारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    प्रधानमन्त्री बालेन्द्र शाहसमेत संसद्मा टी–सर्टमा उपस्थित हुने गरेको सन्दर्भमा उनले सबैले संसदीय मर्यादालाई ध्यान दिनुपर्ने बताएका हुन्।

    लामिछानेले सांसद तथा मन्त्रीहरूलाई अमर्यादित गतिविधि गरेर ‘रमिता नदेखाउन’ र जिम्मेवार ढंगले प्रस्तुत हुन स्पष्ट निर्देशन दिएका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत

    बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम छ : सांसद खनाल

    वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

    बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ

    गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

    कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३…

    सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ…

    बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम…

    वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

    मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष…

    राष्ट्रियसभाको बैठक बस्दै

    आर्थिक

    एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    आइएमई लाइफको नवौं वार्षिकोत्सव, ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑