• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : कानुनमन्त्री गौतम

      ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

      अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

      अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन: अमरेश सिंह

      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

      बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

      विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

      गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ

      सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

      आईजीपीलाई खगेन्द्रको चुनौती- उठाएको प्रश्नमा अडिग छु, मानमर्दन भए अदालत जानू

      बारामा ३ वर्षीया बालिकाको हत्या : न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

      स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

      राष्ट्रिय सूचना दिवस मनाइँदै

      राष्ट्रियसभाको बैठक बस्दै

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    होमपेज /  अन्य

    आईजीपीलाई खगेन्द्रको चुनौती- उठाएको प्रश्नमा अडिग छु, मानमर्दन भए अदालत जानू

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ४, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् ।

    उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’

    उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।

    उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु । तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’

    यसैगरी सुनारले गैरसरकारी संस्था (एनजिओ)का नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने काम भइरहेको आरोप लगाए ।

    उनले भने, ‘एनजिओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ । जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले अनुमोदन गरेर छाप लगाएर देश भड्काऊ भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन । थर फेर्न मन लागेकाहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त गर्न पाइँदैन । अंग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन । बरु मज्जाले डकुमेन्ट पेस गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन ।’

    सांसद सुनारले दलित तथा गरिबका नाममा आउने बजेट कतै पनि फ्रिज हुन नहुने बताए । राज्यले दिएको वा वैदेशिक सहायताबाट आएको बजेट लक्षित ठाउँमा पुग्नुपर्नेमा जोड दिँदै उनले दलित र गरिबका नाममा ठूलो चलखेल भइरहेको दाबी गरे ।

    उनले भने, ‘दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँकतै फ्रिज हुनु भएन । राज्यले दिएको होस् या वैदेशिक सहायताबाट आएको बजेट होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ । दलित र गरिबका नाममा ठूलो चलखेलहरू भइरहेको छ ।’

    भौतिक पूर्वाधार निर्माणमा वैदेशिक सहायताबाट भएका लगानीको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको उदाहरण दिँदै अन्तर्राष्ट्रिय सहायतामा निर्माण भएका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।

    ‘भौतिक संरचनाको कुरा गर्दा पोखरा एयरपोर्ट के भइरहेको छ ? अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका, भैरहवा एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बसपार्क बन्ने, बस नगुड्ने हो भने त्यसको काम को हो ? यसरी राज्यलाई ऋणको भारी बोकाएर हामी बस्न सकिँदैन,’ उनले भने ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन: अमरेश सिंह

    विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

    स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

    राष्ट्रिय सूचना दिवस मनाइँदै

    विश्व फोटोग्राफी दिवस मनाइँदै

    सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ…

    ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

    अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन…

    अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन:…

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    राष्ट्रियसभाको बैठक बस्दै

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली…

    आर्थिक

    सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑