• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

      भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

      विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

      वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

      सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

      रास्वपाकै सांसदले भने–जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?

      बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

      विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

      किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

      सुन तोलामा १६ सय रुपैयाँले बढ्यो, चाँदी के भयो ?

      साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत

      मुख्यमन्त्रीको सपथ पछि मात्रै सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने

      सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो

      झारखण्ड विद्यार्थी आन्दोलन : विद्यार्थि नेता देवेन्द्रनाथ र सरकारबीच वार्ताको तयारी

      भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै

    होमपेज /  समाचार

    रास्वपाकै सांसदले भने–जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १, सोमबार (५५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • ५२ पटक पढिएको
  • काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालले आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

    सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गेलालले जनताले आधारभूत सेवा पाउनसमेत समस्या भोगिरहेका बेला मन्त्रीहरू भने अनावश्यक भ्रमण र प्रचारमा केन्द्रित भएको आरोप लगाए।

    उनले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर देश घुम्नुभन्दा नीति निर्माण र समस्या समाधानमा ध्यान दिन आग्रह गरे।

    ‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी ? बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस्। नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस्,’ उनले भने।

    गेलालले देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले प्रस्तुत गर्न सक्ने भन्दै राज्यको ढुकुटीबाट ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्न आवश्यक नरहेको बताए।

    जनताले ग्यास, मल, सञ्चार सेवा, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाका लागि समस्या भोगिरहेको उल्लेख गर्दै उनले मन्त्रीहरूको व्यवहार जनताको अवस्थासँग मेल खान नसकेको टिप्पणी गरे।

    ‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ। तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन। अस्पतालमा डाक्टर हुँदैनन्,’ उनले भने।

    उनको यो भनाइ पूर्वाधारमन्त्री सुनील लम्साल स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरमार्फत धनगढी हुँदै काठमाडौं ल्याइएको घटनाप्रति लक्षित थियो। लम्साल सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाको निरीक्षणका क्रममा बैतडी पुगेका थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनी हाल डिस्चार्ज भइसकेका छन्।

    सांसद गेलालले मन्त्रीहरू जिल्ला पुगेर भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्दैमा जनता खुसी नहुने बताए।

    ‘मन्त्रीज्यूहरू, तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन्। जनताको घरघरमा मन्त्री पुग्ने होइन, सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ,’ उनले भने।

    उनले मन्त्रीहरूलाई देश घुम्नुभन्दा देशका वास्तविक समस्या समाधान गर्नतर्फ केन्द्रित हुन आग्रह गरे।

    ‘देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस्,’ गेलालले भने।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

    सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

    बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

    विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

    सुन तोलामा १६ सय रुपैयाँले बढ्यो, चाँदी के भयो ?

    साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री…

    भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको…

    विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न…

    भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको…

    भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकको…

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ :…

    आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑