सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन (ईभी) खरिद गर्न चाहने ग्राहकका लागि प्रि–ओन्ड ईभी (Pre-Owned EV) कर्जा सुविधा सार्वजनिक गरेको छ। बैंकले दिगो बैंकिङलाई प्रवर्द्धन गर्दै हरित यातायातको पहुँच विस्तार गर्ने उद्देश्यका साथ उक्त कर्जा योजना सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार नयाँ कर्जा सुविधा व्यक्तिगत तथा विभिन्न संघ–संस्थाले आफ्ना व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सेकेन्ड–ह्यान्ड चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिद गर्न उपयोग गर्न सक्नेछन्। सरल र छिटो प्रक्रियामार्फत उपलब्ध हुने यस सुविधाले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखा कार्यालयहरू वा बैंकका डिजिटल माध्यममार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकले ग्राहकको आवश्यकता अनुरूप सरल, छरितो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
एनएमबि बैंकले वातावरणमैत्री वित्तीय सेवालाई प्राथमिकतामा राख्दै हरित अर्थतन्त्रलाई टेवा पुर्याउने विभिन्न बैंकिङ सेवा तथा कर्जा योजनाहरू सञ्चालन गर्दै आएको छ। बैंकका अनुसार नयाँ प्रि–ओन्ड ईभी कर्जा योजनाले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन तथा दिगो विकासको लक्ष्य हासिल गर्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई आधुनिक, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा