सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।
सोमबार बिहान ९ः३० बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ ।
बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको छ । बिहान ९ बजे बस्ने बैठकमा समितिको आन्तरिक कार्यविधि पारित सम्बन्धमा र बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ ।
बैठकमा राष्ट्रिय महिला आयोगको कामकारवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुने छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा