• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हर्मुज जलमार्ग सुरक्षाका लागि फ्रान्स र बेलायतद्वारा सैन्य सामग्री तैनाथ

      सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

      साँझको जोमसोम बजार (तस्बिरहरू)

      सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

      सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा

      मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि महिला, बालबालिका र सामाजिक सुरक्षामा प्रभावकारी पहल

      म्यानपावरबाट नेपाली कामदारलाई कोरिया पठाउन लागि बाटो खुला

      पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश

      सरकारका एकसय कार्यसूचीः स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

      कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

      सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

      जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

      शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

      युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

    होमपेज /  अन्य

    सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २५ पटक पढिएको
  • आकांक्षा धामी /काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सरकार गठनसँगै २०८२ चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङ मन्त्रिपरिषद्का सर्वाधिक विवादित र चर्चित पात्र बने ।

    गृहमन्त्रीको पदभार सम्हालेसँगै गुरुङ नेपाली राजनीतिमा नयाँ र असामान्य पात्रका रूपमा उदाएका हुन् । उनको कार्यशैली, अभिव्यक्ति र पहिरनको विषय सँधै चर्चामा रह्यो ।

    परम्परागत राजनीतिक पृष्ठभूमिबाट नभई नागरिक आन्दोलन र युवा अभियानको अदृश्य पृष्ठभूमिबाट गृह मन्त्रालयको नेतृत्वमा पुगेका गुरुङको एकसय दिने कार्यकाल सत्ता–प्रयोग, कठोर निर्णय र विवादको घेरामा घुमिरह्यो ।

    जसमा सय दिनभित्रै सबैभन्दा बढी चर्चा र विवादमा तानिएका मन्त्रीमध्ये एक बने उनी । युवा पुस्ताको प्रतिनिधित्व गर्दै गृह प्रशासनको नेतृत्वमा पुगेका गुरुङले सुरक्षा संयन्त्रमा सुधार, सुशासन र राजनीतिक प्रभावमुक्त प्रशासनको प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनको कार्यकाल उपलब्धि र विवाद दुवै कारणले चर्चामा रह्यो ।

    गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गुरुङले प्रहरी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने, अनुसन्धान निकायलाई स्वतन्त्र बनाउने र अपराध नियन्त्रणलाई प्राथमिकता दिने घोषणा गरे । मन्त्रालयभित्रै ‘फास्ट ट्र्याक इन्टेलिजेन्स रेस्पोन्स युनिट’ गठन गर्ने प्रस्तावले सुरुवातमै सुरक्षा संयन्त्रमा हलचल ल्यायो ।

    उनले सार्वजनिक भाषणमा ‘कानुन सबैका लागि बराबर हुन्छ, चाहे त्यो सत्तामा बस्ने होस् वा सडकमा’ भन्ने अभिव्यक्तिले उनको शैली स्पष्ट पारेको थियो ।

    गृहमन्त्री बनेलगत्तै गुरुङले प्रहरी प्रशासनलाई नागरिकमुखी बनाउने, संगठित अपराध, तस्करी र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने तथा शान्ति–सुरक्षा मजबुत बनाउने घोषणा गरे ।

    गृह मन्त्रालयअन्तर्गतका निकायमा कार्यसम्पादन सुधार, सीमा सुरक्षा, डिजिटल निगरानी र प्रशासनिक उत्तरदायित्व बढाउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

    उनको कार्यकालमा केही उच्च–प्रोफाइल अनुसन्धान र राजनीतिक रूपमा संवेदनशील निर्णयले राष्ट्रिय बहस सिर्जना गर्यो । सय दिनको सबैभन्दा ठूलो राजनीतिक झट्का भनेको उच्च–प्रोफाइल व्यक्ति पक्राउ पर्नु नै हो ।

    उनको कार्यकालको सबैभन्दा ठूलो मोड जेनजी आन्दोलन दमन प्रकरणको अनुसन्धानसँग जोडियो । सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशको राजनीतिक वातावरण एकाएक तातेको थियो । तर अदालतको आदेशमा ओली र लेखकलाई रिहा गरिनुले गुरुङको अपरिपक्व निर्णय सतहमा आइपुग्यो ।

    पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णयले समर्थक र विरोधी दुवै धारको प्रतिक्रिया सार्वजनिक भयो । सरकार समर्थकहरूले यसलाई कानुनको समान कार्यान्वयन भने पनि विपक्षीहरूले राजनीतिक प्रतिशोधको संज्ञा दिए । राजधानीदेखि जिल्लासम्म प्रदर्शन र समर्थन दुवै देखिए ।

    घटनाले गुरुङलाई गृह प्रशासनको नेतृत्वभन्दा पनि राजनीतिक शक्ति–सन्तुलनको केन्द्रमा पुर्यायो ।

    योसँगै मन्त्रालयले प्रहरी संरचनामा पुनर्संरचना गर्ने प्रयास गर्यो । सीमा सुरक्षामा ड्रोन निगरानी, डिजिटल ट्र्याकिङ प्रणाली र अपराध डाटाबेस एकीकरण जस्ता योजनाहरू अघि बढाइए ।

    तर सय दिन पूरा हुन नपाउँदै गृहमन्त्री गुरुङ स्वयं विवादको केन्द्रमा आए । सम्पत्ति विवरण, लगानी र केही व्यवसायीसँगको सम्बन्धबारे प्रश्न उठेपछि राजनीतिक वृत्तमा बहस चर्कियो ।

    विपक्षीहरूले नैतिक जिम्मेवारीको माग गर्दै राजीनामाको दबाब बढाए । सामाजिक सञ्जालमा समर्थन र विरोधको दुई धार देखियो । यही दबाबबीच उनले पदबाट अलग हुने निर्णय गरे ।

    उनले २२ अप्रिल २०२६ मा नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिए । ‘पदभन्दा सार्वजनिक विश्वास ठूलो हो’ भन्ने सन्देशसहित उनले अनुसन्धानलाई सहज बनाउन पद छाडेको बताएका थिए ।

    संसदीय छानविन समितिको आवाज उठिरहेका बेला सरकारले ‘एकतर्फी’ छानबिन समिति बनाएर अनुसन्धान गर्यो । सो क्रममा सम्पत्ति र लगानीसम्बन्धी आरोपमा ठोस प्रमाण नभएको निष्कर्ष निकाल्दै गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किए ।

    उनको पुनरागमनलाई समर्थकहरूले ‘न्यायको पुनस्र्थापना’ भने पनि आलोचकहरूले ‘राजनीतिक व्यवस्थाको अस्थिरता’ का रूपमा चित्रित गरे । छानविन समितिको प्रतिवेदनलाई विपक्षी दलहरुले खुलेर विरोध समेत गरिरहेका छन् ।

    उक्त घटनाले एकसय दिनभित्रै गृह मन्त्रालयलाई असाधारण राजनीतिक प्रयोगशालामा रूपान्तरणका रुपमा चित्रण गराउन मद्दत पुर्यायो ।

    हुनत, गुरुङको सय दिनलाई मूल्यांकन गर्दा दुई स्पष्ट धार देखिन्छ । एकातर्फ, उनले सुरक्षा निकायलाई सक्रिय बनाउने, अनुसन्धान प्रक्रियामा तीव्रता ल्याउने र दण्डहीनताविरुद्ध कठोर सन्देश दिने प्रयास गरे । अर्कोतर्फ, ती निर्णयहरूको राजनीतिक प्रभाव, प्रशासनिक अस्थिरता र विवादले उनको कार्यकाललाई सन्तुलित सफलताभन्दा बढी विवादित बनायो ।

    सय दिन पूरा हुँदा गुरुङको यात्रा अन्त्यभन्दा पनि सुरुवात जस्तो देखिन्छ । गृह मन्त्रालयको नेतृत्वमा उनको भूमिका अब केवल प्रशासनिक जिम्मेवारी नभई राजनीतिक चरित्र, सार्वजनिक विश्वास र संस्थागत स्थिरताको परीक्षण बन्दै गएको छ । आगामी दिनमा उनी सुधारकर्ता हुन् कि विवादको केन्द्र यो प्रश्नको उत्तर समयले दिनेछ ।

    गुरुङले सय दिनमा गरेका केही कामहरु

    १. सुरुवाती कडा प्रशासनिक कदम ः पद सम्हाल्ने बित्तिकै आन्तरिक सुरक्षा संयन्त्र (प्रहरी÷प्रशासन) सक्रिय निर्देशन । भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रणको सार्वजनिक प्रतिबद्धता ।

    २. उच्चस्तरीय पक्राउ÷अनुसन्धान प्रक्रियामा संलग्नता ः केही उच्च पदस्थ व्यक्तिहरूविरुद्ध अनुसन्धान र नियन्त्रण प्रक्रिया अघि बढेको घटनामा मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ । कानुन कार्यान्वयनलाई कडाइ गर्ने नीति लिएको देखिन्छ ।

    ३. आकस्मिक निरीक्षण ः सीमा क्षेत्र तथा सरकारी कार्यालयहरूमा अचानक निरीक्षण अभियान चलाए । उदाहरणका लागि वीरगञ्ज सीमा क्षेत्रमा सुरक्षा र सेवा प्रवाह अनुगमन एक हो । त्यसलाई कर्मचारीहरूको कामको निगरानी र जवाफदेहिता बढाउने प्रयास भएको अनुमान गरिएको छ ।

    ४. सीमा सुरक्षा र प्रशासन अनुगमन ः सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरेर थप व्यवस्थित गर्न खोजेको देखिन्छ । स्थानीय अधिकारीहरूसँग प्रत्यक्ष छलफल गरेर चलायमान बनाउन खोजेका छन् ।

    ५. शान्ति–सुरक्षा समन्वय ः प्रहरी र प्रशासनबीच समन्वय बलियो बनाउन निर्देशन

    आन्तरिक शान्ति कायम राख्ने प्रयास गरेको देखिन्छ ।

    ६. पारदर्शिता र भ्रष्टाचारविरुद्ध सार्वजनिक सन्देश ः ‘सरकारभित्र पारदर्शिता’ र ‘जवाफदेहिता’ को नीति जोड दिएका छन् । साथै नागरिकलाई भ्रष्टाचार रिपोर्ट गर्न प्रोत्साहन गरेका छन् । साथै उनले तत्कालीन राजा विरेन्द्र शाहको बंशनास भएको नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान गर्ने विषयले तरगं समेत ल्याइरहेको छ ।

    अधुरा कामहरू

    १. दीर्घकालीन सुधार लागू हुन सकेन ः प्रहरी सुधार र संरचनागत परिवर्तनहरू सुरु भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासोहरु आइरहेका छन् ।

    २. नीति स्थायित्व कमजोर ः छोटो कार्यकाल र राजनीतिक अस्थिरताका कारण ठूला योजनाहरू अघि बढ्न पाएका छैनन् । सरुवा र बढुवा अझै व्यवस्थित हुन सकेको छैन् ।

    ३. प्रणालीगत परिवर्तन अधुरो ः भ्रष्टाचार नियन्त्रणमा ‘सन्देश’ बलियो भए पनि स्थायी कानुनी÷संस्थागत सुधार सीमित । अझै कानुनी र नीतिगत प्रयासहरु आवश्यक देखिएको छ ।

    ४. प्रशासनिक निरन्तरता समस्या ः बारम्बार विवाद÷राजनीतिक दबाबका कारण नीति निरन्तरता कमजोर देखिएको छ ।

    सय दिनको समग्र मूल्यांकन गर्दा गुरुङको गृह नेतृत्वलाई दुई फरक दृष्टिकोणबाट हेर्ने पनि गरिन्छ । समर्थकहरूले गृह प्रशासनमा नयाँ पुस्ताको ऊर्जा, निर्णय क्षमता र भ्रष्टाचारविरुद्धको सन्देशलाई सकारात्मक उपलब्धि मान्न सक्छन् भने आलोचकहरूले अनुभवको कमी, विवाद व्यवस्थापन र राजनीतिक संवेदनशीलता सम्हाल्ने शैलीमा प्रश्न उठाइरहेका छन् ।

    सरकारको सय दिन पूरा हुँदा गृहमन्त्री गुरुङको यात्रा एउटा स्पष्ट सन्देश देखिएको छ । केही गर्ने हुटहुट देखिन्छ तर तारताम्य नमिलेको अनुभुत नागरिकहरुले गरिरहेका छन् । सुधारको एजेन्डा अघि बढाउने प्रयाससँगै सार्वजनिक उत्तरदायित्वको कठोर परीक्षाका रुपमा पनि हेरिएको छ । आगामी दिनमा उनले सुरक्षा सुधार, सुशासन र कानुन कार्यान्वयनमा कस्तो नतिजा दिन्छन् भन्ने आधारमै उनको राजनीतिक र प्रशासनिक सफलता मापन हुनेछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

    साँझको जोमसोम बजार (तस्बिरहरू)

    मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि महिला, बालबालिका र सामाजिक सुरक्षामा प्रभावकारी पहल

    सरकारका एकसय कार्यसूचीः स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

    कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

    स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्मुज जलमार्ग सुरक्षाका लागि फ्रान्स र बेलायतद्वारा सैन्य…

    सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग…

    साँझको जोमसोम बजार (तस्बिरहरू)

    सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको…

    सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको…

    म्यानपावरबाट नेपाली कामदारलाई कोरिया पठाउन लागि बाटो खुला

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑