• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साँझको जोमसोम बजार (तस्बिरहरू)

      सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

      सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा

      मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि महिला, बालबालिका र सामाजिक सुरक्षामा प्रभावकारी पहल

      म्यानपावरबाट नेपाली कामदारलाई कोरिया पठाउन लागि बाटो खुला

      पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश

      सरकारका एकसय कार्यसूचीः स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

      कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

      सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

      जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

      शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

      युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

      डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

      माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    होमपेज /  अन्य

    मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि महिला, बालबालिका र सामाजिक सुरक्षामा प्रभावकारी पहल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले पदभार ग्रहण गरेको १०० दिनको अवधिमा मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाह, सामाजिक संरक्षण, महिला सशक्तीकरण तथा संस्थागत सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

    मन्त्रालयका अनुसार यस अवधिमा लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढाइएको, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधनको मस्यौदा सम्बन्धित मन्त्रालयमा पठाइएको तथा बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साथै, राष्ट्रिय ज्येष्ठ नागरिक नीति, राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि तथा लैङ्गिक हिंसा निवारणका लागि राष्ट्रिय कार्ययोजनालगायतका नीतिगत काम पनि अघि बढाइएको छ ।

    सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै प्रशासनिक कार्यलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (न्क्ष्इःक्) मार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ । कर्मचारीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गरिएको, वेबसाइटलाई दृष्टिविहीनमैत्री बनाइएको तथा महिला हिंसा, हराएका बालबालिका र बाल हेल्पलाइन सेवा २४ सै घण्टा सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ। नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई पनि थप प्रभावकारी बनाइएको उल्लेख गरिएको छ ।

    सामाजिक संरक्षणतर्फ १०० दिनमा ३० जना ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको, ९९ जना सडक बालबालिकाको उद्धार गरिएको तथा हराएका २ हजार ४४० बालबालिकामध्ये २ हजार ४६ जना फेला पारिएको मन्त्रालयले जनाएको छ । साथै मानव बेचबिखनबाट प्रभावित, हिंसा पीडित महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि पुनस्र्थापना तथा संरक्षण सेवालाई निरन्तरता दिइएको छ ।

    यस अवधिमा काठमाडौं उपत्यकामा स्थानान्तरण गरिएका सुकुम्बासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गरिएको, बालगृहहरूको आकस्मिक अनुगमन गरिएको तथा बालबालिकामाथि दुव्र्यवहारका घटनामा तत्काल हस्तक्षेप गरिएको मन्त्रालयले जनाएको छ ।

    महिला उद्यमशीलता प्रवद्र्धन, लैङ्गिक समानता, पहुँचयुक्त पूर्वाधार, मानव बेचबिखन नियन्त्रण, सामाजिक कुरीतिविरुद्ध सचेतना, ज्येष्ठ नागरिक सेवा, सामाजिक सूचना व्यवस्थापन प्रणाली (एसआइएमएस) विस्तार तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षणका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    मन्त्री बादीले समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, बाल सुधार गृह, एसओएस बालग्राम, अटिजम विद्यालयलगायत विभिन्न संस्थाको स्थलगत अनुगमन गर्दै सेवा प्रवाह सुधारका लागि निर्देशन दिएको मन्त्रालयले जनाएको छ । साथै विभिन्न मन्त्रालय, संवैधानिक आयोग, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय र सहकार्य विस्तारका लागि उच्चस्तरीय भेटघाट तथा छलफल गरिएको उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार १०० दिनको अवधिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षासम्बन्धी सेवालाई थप प्रभावकारी, समावेशी र नतिजामुखी बनाउने दिशामा महत्वपूर्ण प्रगति हासिल भएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

    साँझको जोमसोम बजार (तस्बिरहरू)

    सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा

    सरकारका एकसय कार्यसूचीः स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

    कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

    स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग…

    साँझको जोमसोम बजार (तस्बिरहरू)

    सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको…

    सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’…

    सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको…

    म्यानपावरबाट नेपाली कामदारलाई कोरिया पठाउन लागि बाटो खुला

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑