• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

      मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

      कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

      चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

    होमपेज /  अन्य

    शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले शिक्षा, प्रविधि र एआईको हबका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औँल्याए ।

    हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउन आवश्यक रहेको बताए ।

    केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’का मुख्य वक्ताका रूपमा श्रेष्ठले सरकारले नीति बनाएर लगानी भित्र्याउन सक्ने बताएका हुन् ।

    ‘संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउने हो भने यहाँ एजुकेसन हब बनाउने प्रचुर सम्भावना छ । गुणस्तर नहुँदा अहिले निजीमा विद्यार्थी आकर्षित छन्, तर प्राईभेटलाई हौसला दिँदै सरकारी स्कुललाई पनि बलियो बनाउनुपर्छ । अब बन्ने ऐन लगानीमैत्री र प्राइभेटमैत्री हुन जरुरी छ, नेपाललाई किन साउथ एसियाको हब नबनाउने ?,’ उनले भने ।

    श्रेष्ठका अनुसार हाल देशमा २८ हजार सार्वजनिक विद्यालय रहे पनि तीमध्ये १० हजार विद्यालयमा ५० प्रतिशत पनि विद्यार्थी छैनन्, जसका कारण शिक्षकहरूको दरबन्दी समेत उचित रूपमा मिलान हुन सकेको छैन । गुणस्तरको अभावकै कारण अहिले निजी क्षेत्रमा विद्यार्थीहरूको आकर्षण बढेको दाबी गर्दै उनले नेपालमा पनि विश्व बजारलाई हेरेर सही नीति बनाउने हो भने एजुकेसन हब बनाउन कुनै गाह्रो नभएको उल्लेख गरे ।

    श्रेष्ठले राज्यले शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत भएको भन्दै विगतमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि यस्तो शुल्क लगाएको स्मरण गरे ।

    हाल गुणस्तरीय शिक्षाका लागि वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी नेपाली पैसा विदेशिएको तथ्य प्रस्तुत गर्दै उनले निजी क्षेत्रले मात्रै शिक्षामा ७ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको जानकारी दिए ।

    ४८ वटा इन्जिनियरिङ कलेजहरूमा निजी क्षेत्रको ठुलो लगानी रहेको उदाहरण दिँदै उनले अब सरकारले यस क्षेत्रका लागि दीर्घकालीन नीति बनाउनु अत्यावश्यक भइसकेको बताए ।

    नेपालमा अहिले पनि वैदेशिक विद्यार्थीहरू मेडिकल कलेजहरूमा पढ्न आउने गरेको भन्दै उनले निजी क्षेत्रलाई निरुत्साहित नभई हौसला दिनुपर्ने र सरकारी विद्यालयहरूलाई पनि थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

    सरकारी स्कुलहरू आफैँमा नराम्रो नभएको तर शिक्षामा लगानीको दायरालाई अझै बढाउनुपर्ने उनको भनाइ थियो । राज्यको नीति र कर प्रणालीप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले थपे, ‘शिक्षा र स्वास्थ्यमा शुल्क लगाउनु एकदमै गलत कार्य हो । अहिले वार्षिक १ खर्बभन्दा बढी नेपाली पैसा शिक्षाकै नाममा विदेशिएको छ, जबकि प्राइभेट सेक्टरले देशभित्रै ७ खर्बभन्दा बढी लगानी गरिसकेको छ । यस्तो अवस्थामा निजी क्षेत्रलाई निरुत्साहित गर्ने होइन, राज्यले संरक्षण र हौसला दिनुपर्छ ।’

    हाल करिब ३० प्रतिशत विद्यार्थी निजी क्षेत्रमा अध्ययन गरिरहेको अवस्थालाई ध्यानमा राख्दै उनले अब बन्ने शिक्षा ऐनमा विशेष सुधारको माग गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग खारेज, सहकारी ठगीको मुद्दा मात्रै कायम

    प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

    सेफ सन्तोषलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

    इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन :…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम…

    शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑