• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

      मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

      कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

      चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

    होमपेज /  समाचार

    रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११४ पटक पढिएको
  • काठमाडौँ । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उनको सचिवालयले विस्तृत धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय सामग्रीले वास्तविक तथ्य नसमेटेको दाबी गरेको छ ।

    सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार साहले गैरीधारामा रहेको ‘मिथिला थाली’ रेष्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको हो ।

    उक्त विज्ञप्तिमा तत्कालीन समयमा आर्जव होल्डिङ्सले सञ्चालन गर्दै आएको ‘सिला’ रेष्टुरेन्ट आर्थिक समस्यामा परेको, बैंक ऋण तिर्न नसकेको तथा जग्गाधनीले भवन खाली गर्न दबाब दिएको अवस्थामा त्यहाँ रहेका सम्पूर्ण सम्पत्ति खरिद गरेर मिथिला थाली सञ्चालन सुरु गरिएको उल्लेख छ ।

    सचिवालयका अनुसार सिला रेष्टुरेन्टको सम्पत्ति खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको थियो । सोही क्रममा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरेको दाबी गरिएको छ ।

    विज्ञप्तिमा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता पनि पटक–पटक मिथिला थालीले भुक्तानी गरिदिएको उल्लेख छ । साथै विभिन्न मितिमा चेकमार्फत समेत रकम भुक्तानी हुँदै आएको जनाइएको छ ।

    पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको विवादबारे सचिवालयले फरक दाबी प्रस्तुत गरेको छ । विज्ञप्तिअनुसार उक्त रकम एकमुष्ट बाँकी नभई आर्जव होल्डिङ्सकै विभिन्न बैंक खातामा चरणबद्ध रूपमा रकम भुक्तानी गरिएको छ । सचिवालयले नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जनाएको छ ।

    सचिवालयले आर्जव होल्डिङ्सको प्रतिनिधि भएको दाबी गर्ने सकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरेको तर आफूहरूले सम्झौताअनुसार कम्पनीकै नाममा भुक्तानी गर्दै आएको दाबी पनि गरेको छ ।

    विज्ञप्तिअनुसार सम्झौताअनुसार सामान खरिदको भुक्तानी भइरहे पनि आर्जव होल्डिङ्सका तर्फबाट आवश्यक बिल उपलब्ध गराइएको छैन । त्यस्तै खरिद–बिक्री प्रक्रिया सम्पन्न भइसकेपछि आवश्यक कर चुक्ता प्रमाणपत्रसमेत पटक–पटक माग गर्दा प्राप्त नभएको सचिवालयको भनाइ छ ।

    पक्राउको विषयमा सचिवालयले विवादित रकम जम्मा ४ लाख ५० हजार रुपैयाँ रहेको दाबी गरेको छ । उक्त रकम भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै पक्राउ गरिएको आरोप लगाइएको छ ।

    सचिवालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली जनकपुरसम्म पुगेर पक्राउ गर्नु आवश्यक नभएको तथा सामान्य प्रक्रियामार्फत पनि सम्पर्क गर्न सकिने अवस्थामा पक्राउ गरिएको उल्लेख गरेको छ । साथै साह फरार रहेको भन्ने चर्चा पनि असत्य रहेको दाबी गर्दै एक साताअघि नै उनी प्रहरी कार्यालय पुगेको जनाएको छ ।

    विज्ञप्तिमा साहलाई गरिएको पक्राउलाई ‘हतारपूर्ण’ र ‘निन्दनीय’ भन्दै यसले उनले लामो समयदेखि आर्जन गरेको प्रतिष्ठा, सम्मान र गरिमामा आघात पुगेको उल्लेख गरिएको छ । सचिवालयले यो घटनालाई साहको चरित्रहत्या तथा मानमर्दन गर्ने नियोजित प्रयासका रूपमा पनि व्याख्या गरेको छ ।

    साहले मिथिला समुदायको परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरमा ‘मिथिला थाली’ सञ्चालन गर्दै आएको र त्यसकै विस्तारस्वरूप काठमाडौँको गैरीधारामा शाखा विस्तार गरिएको सचिवालयले जनाएको छ ।

    हाल साह हिरासतबाट मुक्त भइसकेका छन् । सचिवालयका अनुसार पक्राउ प्रकरण, रेष्टुरेन्ट खरिद प्रक्रिया तथा सम्बन्धित कारोबारबारे साहले थप जानकारी सञ्चारमाध्यमसमक्ष सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

    मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

    मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

    चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

    ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

    कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन :…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम…

    शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑